Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवाणिज्य विभागले शुक्रबार उपभोक्ता अधिकार दिवस मनाउँदै

वाणिज्य विभागले शुक्रबार उपभोक्ता अधिकार दिवस मनाउँदै


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भोलि शुक्रबारदेखि सप्ताहव्यापी उपभोक्ता अधिकार दिवस, २०८० मनाउने भएको छ । विभागले ‘स्वच्छ र प्रतिस्पर्धी बजारः उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागेको हो । उपभोक्ताको अधिकार संरक्षण तथा प्रचलन गरी स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्ने मूल उद्देश्यका साथ मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरी दिवस मनाउने कार्यक्रमहरू तय गरेको छ ।

विभागबाट तयार गरिएको कार्यक्रम तथा योजनाअनुसार प्रदेश र स्थानीय सरकारहरूलाई अनुगमनकारी निकायहरूसँग समन्वय र सरोकारवाला निकायहरूसँग सहकार्य गरी कार्यक्रम मनाउन पत्राचार, एक सय वटा उच्च मावि तथा क्याम्पसहरूका विद्यार्थीहरूसँग उपभोक्ता सचेतना कार्यक्रम, उपभोक्ता संरक्षणवादी संघसंस्था, सञ्चारकर्मी र वस्तुगत संघसंस्थाहरूसँग अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गर्ने तथा सञ्चारमाध्यममा बहस पैरवी तथा टक सो रहेको विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिए ।

यसैगरी उपभोक्ता अधिकार दिवस मार्च १५ (चैत २) को दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाहलमा माननीय मन्त्रीज्यूको समुपस्थितमा उद्योग वाणिज्य संघका छाता संघ, उपभोक्ता संरक्षणवादी संघसंस्थाहरूलगायत सम्पूर्ण उपभोक्ता अधिकारसँग सरोकारवालासँग अन्तत्र्रिmया कार्यक्रम गर्ने तय गरिएको छ ।

स्वच्छ र प्रतिस्पर्धात्मक बजार कसरी बनाउने, उपभोक्तावादी संस्था तथा र सञ्चारकर्मीको भूमिका कस्तो हुनेसम्बन्धी विषयमा अलावा उपभोक्ता अधिकार कार्यान्वयनमा स्वयम् उपभोक्ता सचेत जागरुक र संवेदनशील हुनुपर्ने विषयको परिधिमा रहेर फागुन २१ गते नै कार्यक्रम गरिएको थियो ।

वस्तुगत संघसंस्थाहरूसँग बुधबार अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका संघसंस्थाका ५० भन्दा बढी पदाधिकार तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त अन्तर्क्रिया कार्यक्रममा उपभोक्ता अधिकार संरक्षणमा विभागको भूमिका बढ्दै गएको तथा बजारमा विगतमा भन्दा सुधारको अवस्था देखिएको विचार व्यक्त भएको थियो । व्यवसायीहरूले कतिपय वस्तु तथा सेवाको मूल्यसूची व्यावसायिक स्थलमा राख्न व्यावहारिक कठिनाई देखिएको, कतिपय म्याद गुज्रेको वस्तुहरूको नष्ट गर्ने कार्यमा कानुनी असहजता रहेको र गुणस्तर परीक्षणको लागि एक्रिडेटेड प्रयोगशाला स्थापना हुन नसकेको गुनासो राख्दै सरकारसँग सहजीकरणका लागि अपेक्षा व्यक्त गरेका थिए ।

स्वदेशी उत्पादनका वस्तुहरूको अधिकतम खुद्रा बिक्री मूल्य अंकित गर्ने विषय बाध्यकारी रहेको पैठारी हुने वस्तुको सन्दर्भमा उक्त विषय प्रभावकारी कार्यान्वयन नभएको व्यहोरा अवगत गराउँदै भन्सार बिन्दुबाट नै अधिकतम खुद्रा बिक्री मूल्य अंकित गर्ने विषय बाध्यकारी बनाउन अनुरोध गरेका थिए । विभाग तथा अन्य अनुगमनकारी निकायहरूले विभागले वस्तुको उत्पादनदेखि बिक्री वितरणसम्मका सबै तहमा अनुगमन गर्ने गरेको भए पनि सेवा क्षेत्र छायामा परेको विषय उठान गरेका थिए ।

अन्तर्क्रिया कार्यक्रममा उपभोक्ता अधिकार दिवसका मूल समारोहका संयोजक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गजेन्द्र कुमार ठाकुरले उपभोक्ता अधिकार संरक्षण र स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्नका लागि उपभोक्ता, नियामक निकाय, उत्पादक/पैठारीकर्ता, व्यवसायी तथा सञ्चारकर्मी र उपभोक्तावादी संस्थाहरू मुख्य आधारस्तम्भ भएको बताउँदै सम्पूर्ण आधारस्तम्भको समन्वयात्मक प्रयास आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा महानिर्देशक चिलुवालले विभागले सूचनामा आधारित रहेर कार्ययोजनासहित नतिजामुखी बजार अनुगमन कार्य सञ्चालनमा रहेको जानकारी दिए । विभिन्न वस्तु र सेवाको मापदण्ड निर्धारण, बजारको तह निर्धारण तथा उपभोक्ता अदालत गठन गर्ने विषयमा विभागले तयारी गरिरहेको जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया