Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘नित्या रञ्जनाः युनिकोड फन्ट’ सार्वजनिक

‘नित्या रञ्जनाः युनिकोड फन्ट’ सार्वजनिक


काठमाडौं । क्यालिजात्रा फाउन्डेसनले काठमाडौंस्थित नेपाल कला–परिषदमा ‘नित्या रञ्जना’ अर्थात् ‘रञ्जना युनिकोड फन्ट’ सार्वजनिक गरेको छ । आधुनिक युगमा लिपिको संरक्षण र प्रवर्द्धन गर्न विकास गरिएको रञ्जना युनिकोड फन्टको आधिकारिक सुरुवात गरिएको हो ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले एक कार्यक्रमका बीच सो फन्टको शुभारम्भ गरेकी थिइन् । कार्यक्रममा रञ्जना लिपिको इतिहास, वर्तमान र भविष्यको बारेमा गहन छलफल समेत गरिएको थियो । क्यालिजात्रा फाउन्डेसनले आधुनिक युगमा लिपिको संरक्षण र प्रवर्द्धन गर्न डिजिटल मार्केटमा प्रवेश गर्नुपर्ने आवश्यकता रहेको र सोको सम्बोधन गर्न डिजिटल फन्टको विकास गर्न आवश्यक रहेकोले ‘रञ्जना युनिकोड फन्ट’ विकास गरेको जनाएको छ ।

फाउन्डेसन र भारतको फन्ट डिजाइन कम्पनी ‘एक टाइप’को सहयोगमा निर्माण गरिएको हो । यो रञ्जना युनिकोड फन्ट विश्वका लागि निःशुल्क हुने बताइएको छ । साथै, यो देवनागरी युनिकोडका साथै नेवा युनिकोडमा पनि उपलब्ध हुनेछ । सार्वजनिक भएको यो फन्ट पुराना उपलब्ध नेवा फन्टहरूभन्दा कलात्मक र प्राविधिकरूपमा सुधारिएको हुनाले रञ्जना लिपिलाई प्रवर्द्धन गर्न र सहीरूपमा प्रयोग बढाउन मद्दत गर्ने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया