Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको इन्डिया रोमिङ प्याकमा होली छुट अफर

एनसेलको इन्डिया रोमिङ प्याकमा होली छुट अफर


काठमाडौं । एनसेलले फागुपूर्णिमा अर्थात् होली पर्वको अवसरमा होली अफर ल्याएको छ । यस अफरअन्तर्गत एनसेलले आफ्ना ग्राहकहरूलाई इन्डिया रोमिङ प्याकमा २५ प्रतिशत छुट दिएको छ ।

शुक्रबारबाट सञ्चालनमा आएको यो छुट योजनामा ग्राहकले करसहित एक सय रुपैयाँ पर्ने इन्डिया रोमिङ प्याक अब मात्र ७५ रुपैयाँ सुचारु गर्न सक्छन् । विविध प्रयोजनका लागि भारतको भ्रमणमा बारम्बार जाने ग्राहकले यो प्याक लिएर आफ्नो दूरसञ्चार सेवा खर्चमा कटौती गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, होली पर्वको अवसरमा, एनसेलले विशेष सन्देशमूलक भिडियो पनि सार्वजनिक गरेको छ । भिडियोमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधिको प्रयोगमार्फत कसरी बुबाआमाको विगतका खुसीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छन् भन्ने सन्देश छ ।

भिडियो सन्देशले पर्वलाई विशेष बनाउने र होली छुट अफरले भारत भ्रमणका बेलामा पनि ग्राहकलाई सुलभ शुल्कमा सम्पर्कमा रहिरहन योगदान पु¥याउने विश्वास एनसेलले लिएको छ । यो प्याक सुचारु गरेपछि प्रतिदिन २५ रुपैयाँका दरले तीन दिनसम्म रोमिङ सेवाको फाइदा लिन सकिन्छ । यतिमात्र नभई, प्याकका साथ ग्राहकले तत्काल पाँच सय एमबी डेटा पाउँछन् । साथै, भ्वाइस र एसएमएस सेवाको शुल्कमा पनि भारी छुट पाउँछन् । यो प्याकमा इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयुगो शुल्कमा ३२ प्रतिशत छुट रहेको छ । यसको मतलब ग्राहकले करसहित मात्र १६ रुपैयाँ ४८ पैसामा प्रतिमिनेट कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै, पेएजयुगोको प्रतिएसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र करसहित छ दशमलव ३४ रुपैयाँमा एसएमएस पठाउन सकिन्छ ।

ग्राहकहरूले सजिलै एस्ट्रिक्स१७१२९एस्ट्रिक्स५ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी यो प्याक अन्य माध्यमजस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्ममार्फत पनि सुचारु गर्न सकिन्छ । यो प्याकले हाम्रा सीमावर्ती सहरजस्तै वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, विराटनगर, जनकपुरजस्ता सहरहरूबाट बारम्बार भारत भ्रमण गर्ने स्थानीयवासी, साना व्यवसायी, यातायात मजदुरजस्ता ग्राहकहरूको रोमिङ सेवाको मागलाई सम्बोधन गर्ने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया