Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडाबर बाटिका स्याम्पु मिस नेपाल २०२४ को टाइटल स्पोन्सर

डाबर बाटिका स्याम्पु मिस नेपाल २०२४ को टाइटल स्पोन्सर


काठमाडौं । डाबर बाटिका स्याम्पु मिस नेपाल २०२४ प्रतियोगिताको पनि टाइटल स्पोन्सर रहने भएको छ । डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गरेको हो ।

यो साझेदारीले नेपाली महिलाहरूलाई सशक्तीकरण गर्ने र सौन्दर्य प्रवद्र्धन गर्ने डाबर बाटिकाको उद्देश्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पछिल्लो केही वर्षहरूमा डाबर वाटिका मिस नेपाल प्रतियोगिता नेपाली महिलाहरूको विविध प्रतिभा प्रदर्शन गर्दै सुन्दरता र बौद्धिकताको उत्कृष्ट नमुना बनेको छ । शीर्षक प्रायोजकको रूपमा, डाबर बाटिकाले महिला सशक्तीकरणमा आफ्नो विश्वासलाई पुनः पुष्टि गर्दै, महिलाहरूलाई समर्थ बन्न र समाजमा प्रभाव पार्न महत्वपूर्ण प्लेटफर्म प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका नेपाल मार्केटिङ हेड अभय प्रसाद गोर्खालीले सुन्दरता र बौद्धिकताको उत्सव मनाउने मिस नेपाल प्रतियोगितासँगको साझेदारीले नेपालभरका महिलाहरूलाई आफ्ना सपनाहरू पछ्याउन प्रेरित गर्ने र प्रोत्साहित गर्ने बताए । डाबर वाटिका न्याचुरल्स स्याम्पुले उपभोक्ताहरूलाई उत्कृष्ट प्राकृतिक कपालको हेरचाह समाधानहरू भएको प्राकृतिक स्याम्पुहरूको विस्तृत श्रृङ्खला प्रदान गर्छ ।

डाबर वाटिका प्राकृतिक स्याम्पु तीन प्रकारमा उपलब्ध छ । कालो कपालको लागि ब्ल्याक साइन स्याम्पु, बाक्लो र लामो कपालका लागि थिक एन्ड लङ स्याम्पु र डन्डीफोरहित कपालका लागि एन्टी–ड्यान्ड्रफ स्याम्पु बजारमा पाइने कम्पनीले जनाएको छ । प्रत्येक भेरियन्ट १० प्राकृतिक तत्वहरूले भरिपूर्ण रहेको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया