Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालगञ्जको वाटर पार्कमा मोटरबोट

नेपालगञ्जको वाटर पार्कमा मोटरबोट


नेपालगञ्ज । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्जस्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ । एक करोड आठ लाख रुपैयाँ लागतमा तयार गरेर परीक्षणकालीन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले जनाएको छ ।

आउँदो वैशाखमा भव्य उद्घाटन गर्ने तयारी गरेको सञ्चालक बीबी (विष्णु) ढकालले बताए । खासै प्रयोगमा नआएको नेपालगञ्जको वाटरपार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेर प्रयोग गरेको छ । कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेबापत नेपालगञ्ज महानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए । उनका अनुसार पर्यटकले मोटरबोट चढ्न दुई सय पचास रुपैयाँ तिर्नुपर्छ । १२ सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै चार किलोमिटर दूरी सयर गर्न सक्नेछन् ।

यस्तै, कम्पनीको नेपालगञ्जको सोही पार्कमा जेट स्कि, पाँच वटा पावरस्पोर्ट्स, फ्लोटिङ रेस्टुरेन्ट, अपोजिट बन्जी, साइक्लिङ, जिपलाइनलगायतको सेवा समेत विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिए । यसअघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरूलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया