पोखरा अल्ट्रालाइटको १५ प्रतिशतसम्म छुट
काठमाडौं । पोखरास्थित पोखरा अल्ट्रालाइटले अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम १५ प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजानिक गरेको फागुपूर्णिमा लक्षित योजना मंगलबारसम्म लागू हुने जनाइएको छ ।
योजनाअनुसार कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागू हुँदै आएको शुल्कमा क्रमशः १०, १३ र १५ प्रतिशत छुट दिने भएको हो । अल्ट्रालाइटअन्तर्गत सामान्यतया नेपाली पर्यटकका लागि १५, ३०, ६० र ९० मिनेटको प्याकेज दर क्रमशः १७ हजार छ सय, २५ हजार छ सय, ३८ हजार चार सय, ५३ हजार एक सय बीस रुपैयाँ निर्धारण हुँदै आएको छ । साहसिक पर्यटकीय गतिविधिअन्तर्गत रहेको पोखरा अल्ट्रा लाइटमार्फत यात्रुले पोखरा सहर, माछापुछ्रे, कपुचे ताल, अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सक्छन् । पोखरा विमानस्थलबाट उडान र अवतरण हुने उडानमा पाइलट र यात्रु गरी दुई जनाको मात्र सहभागिता हुन्छ । एक सय किलोग्रामसम्म वजन भएका यात्रुले यो सेवा लिन सक्ने प्रावधान रहेको छ । पोखरामा सन् १९९७ बाट अल्ट्रालाइट उडान सेवा सुरू भएको हो । आन्तरिक र बाह्य पर्यटकको विशेष रोजाइमा परेको यो सेवा दक्षिण एसियामै पहिलोपटक नेपालमा सुरू भएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ: मन्त्री पाण्डे
- सौर्य एयरलाइन्सका चालक शाक्यको स्वास्थ्यमा सुधार
- वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टचार भेट
- सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने
- मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव
- प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने
- जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन
- युरोपियन युनियनका राजदूतको परराष्ट्रमन्त्री डा. राणासँग शिष्टाचार भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया