Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपानासोनिक एयर कन्डिसनरमा भारी छुट

पानासोनिक एयर कन्डिसनरमा भारी छुट


काठमाडौं । नेपालका लागि पानासोनिक एयर कन्डिसनरको अधिकृत वितरक त्रिवेणी ग्रुपले पानासोनिकको एयरकन्डिसनरमा भारी छुटको अफर ल्याएको छ ।

कम्पनीले ३२ हजार रुपैयाँ छुटको अफर ल्याएको हो । उक्त छुट योजना एक टन क्षमताको इन्भर्टर टाइप एयर कन्डिसनरमा लागू हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार एक लाख १३ हजार रुपैयाँ पर्ने उक्त एयर कन्डिसनर यो अफरअन्तर्गत ८० हजार नौ सय ९० रुपैयाँमै पाइने छ । भारी छुटका अतिरिक्त कम्पनीले ग्राहकलाई अन्य सुविधा पनि दिएको छ । जसअन्तर्गत निःशुल्क जडान, निःशुल्क डेलीभरी र १२ मिटर कपर पाइन निःशुल्क पाइनेछ । ऊर्जा किफयती तथा वातावरणमैत्री उक्त एयरकन्डिसनरमा १० वर्षको कम्प्रेसर वारेन्टी दिइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

पानासोनिक एसिमा पीएम दुई दशमलव पाँच फिल्टर रहेको छ । साथै, यसमा सिल्ड ब्लू टेक्नोलोजी रहेको छ । यो एयर कन्डिसनर जगदम्बा हायर पर्चेज लिमिटेडबाट शून्य प्रतिशत किस्ताबन्दीमा पनि खरिद गर्न सकिने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया