Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाइले विद्युतीय गाडी उत्पादनका लागि थप ५० अर्ब लगानी गर्ने

हुन्डाइले विद्युतीय गाडी उत्पादनका लागि थप ५० अर्ब लगानी गर्ने


काठमाडौं । दक्षिण कोरियाको प्रख्यात कार निर्माता कम्पनी हुन्डाइले बजार प्रवर्द्धनका लागि सन् २०२६ सम्म ५० अर्ब ५० करोड डलरभन्दा बढी लगानी गर्ने भएको छ । बिक्रीका आधारमा हुन्डाइ विश्वमै तेस्रो ठूलो कार काम्पनी हो । अमेरिकाको टेस्ला र चीनको बीवाईडीको तुलनामा विद्युतीय सवारी उत्पादनमा दक्षिण कोरियाको हुन्डाइ निकै पछाडि छ । यही कारण हुन्डाइले आफ्नो बजार प्रवद्र्धनमा ठूलो रकम खर्च गर्ने योजना सार्वजनिक गरेको हो ।

हुन्डाइले सन् २०३० सम्ममा विद्युतीय कारको उत्पादन ३६ लाख युनिटभन्दा बढी पु¥याउने लक्ष्य राखेको छ । सो अवधिसमम वार्षिक १५ लाख १० हजार युनिट उत्पादन पुर्याउने लक्ष्य राखेको छ ।

हुन्डाइले आफ्नो भविष्यको गतिशील परियोजनाहरूमध्ये सवारी उत्पादनमा कुल बजेटको ६३ प्रतिशत हिस्सा लगानी गर्न लागेको हो । यस योजनापछि दक्षिण कोरियामा ८० हजार नयाँ रोजगारी सिर्जना हुने कम्पनीको दाबी छ । हुन्डाइले अब तीनवटा नयाँ विद्युतीय कार निर्माण कारखाना स्थापना गर्नेछ ।

हुन्डाइले विद्युतीय सवारीसाधन उत्पादन रणनीतिमा पूर्वाधार, सफ्टवेयर, ब्याट्री टेक्नोलोजी र स्वचालित ड्राइभिङमा पनि लगानी गर्ने उल्लेख छ । हुन्डाइको किया मोडेलको कारले पछिल्लो एक दशकमा ‘एसयूभी’को बिक्रीमा एक सय ५० प्रतिशतभन्दा बढीको वृद्धि हासिल गरेको छ ।

एसयूभीले सेडानको तुलनामा करिब १२ प्रतिशत बढी कार्बनडाइअक्साइड उत्सर्जन गर्ने भन्दै हुन्डाइलाई एसयूभीको बिक्री घटाउन आग्रह गरिएको थियो । रिपोर्टका बारेमा सोधिएको प्रश्नमा हुन्डाइले कियाको ईभी–६ र इभी–९ सहित ‘पूर्ण विद्युतीय एसयूभी’ कारको बजार क्षेत्रलाई विस्तार गरिरहेको बताएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया