Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागू

टेलिकमको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागू


काठमाडौं । नेपाल टेलिकमले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी आलाकार्टा शुल्क प्रणाली लागू गरेको छ । सरकारको आलाकार्टा शुल्क प्रणाली लागू गर्न दिएको निर्देशनअनुसार टेलिकमले भीएएस सेवाको रूपमा सञ्चालन गरेको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागू गरेको हो । टेलिकमले आफ्नो टेलिभिजन सेवा ग्राहकका लागि एनटीटीभी आलाकार्टा शुल्क प्रणाली लागू गरेको जनाएको छ । सो प्रणालीअनुसार ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेज वा बेसिक प्याकेजमा आवश्यकताअनुसार बुके प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सक्नेछन् । बेसिक प्याकेज लिएका ग्राहकहरूले हालका लागि आफ्नो आवश्यकताअनुरुप बुकेट प्याकेजहरू खरिद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार सुरुको तीन महिनाभित्र सम्पूर्ण प्रिमियम प्याकेजसहितको वार्षिक प्याकेज सब्स्क्रिप्सन गर्ने ग्राहकका लागि अफरको रूपमा तीन सय ६० रूपैयाँ प्रतिमहिनाको दरमा प्रिमियम प्याकेज उपलब्ध हुनेछ । यस्तै, ग्राहकले बेसिक एवम् प्रिमियम प्याकेज खरिद गर्न नेपाल टेलिकमको काउन्टरमा भिजिट गर्नुपर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया