Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरामेछाप विमानस्थलमा चेकजाँचका लागि पहिलोपटक एक्स–रे मेसिन

रामेछाप विमानस्थलमा चेकजाँचका लागि पहिलोपटक एक्स–रे मेसिन


मन्थली (रामेछाप) । सोलुको लुक्ला जाने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएपछि रामेछापको मन्थली विमानस्थलबाट चेकजाँचका लागि एक्स–रे मेसिन राखिएको छ । नियमित चेकजाँच सहज बनाउने उद्देश्यले मन्थली विमानस्थलमा पहिलोपटक एक्स–रे मेसिन राखिएको हो ।

मेसिन नहुँदा जहाजमा लैजान प्रतिबन्धित गरिएका सामान ओसारपसार नहोस् भनेर हवाईजहाजबाट यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुहरुको प्रहरीले सबै झोला खोलेर चेकजाँच गर्ने गरेको थियो ।

नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत उज्ज्वल गुरागाईंले जिल्लामा मेसिन प्राप्त भएपछि झोला खोलिरहनु पर्ने झन्झट नभएको र समयको समेत बचत हुने गरेको बताए । उनका अनुसार उक्त मेसिन नागरिक उड्डयन प्राधिकरण काठमाण्डौँले रामेछापलाई उपलब्ध गराएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया