Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको नयाँ वर्ष अफर

सामसङको नयाँ वर्ष अफर


काठमाडौं । सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैंलाई’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको र फ्रिज र वासिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो विशेष छुट अफर आगामी जेठ २ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले नयाँ वर्षको अफरमा कुनै पनि एफएचडी, क्रिस्टल युएचडी, फ्रेम र क्युएलईडीलगायतका टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको छुट दिएको छ । यस्तै, आफ्नो नागरिकता पेस गरी ग्राहकहरूले ५५ ईन्च वा त्योभन्दा ठूलो टिभी खरिद गर्दा इनस्टान्ट लोन पाउन सकिनेछ । इनस्टा फाइनान्स सेवामार्फत ईएमआई १८ महिनाको अवधिमा तिर्ने विकल्प पाइने कम्पनीले जनाएको छ । यस्तै, ४३ ईन्च वा सोभन्दा सानो टिभी खरिद गर्दा ईएमआई तिर्न १२ महिनाको अवधि पाउनेछन् । यस्तै, कम्पनीले टिभीहरूमा तीन वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरेको छ ।

यसका साथै कुनै पनि सामसङ टिभीको खरिदसँगै ग्राहकहरूले साउन्डबार खरिद गर्दा सो साउन्डबारमा आकर्षक छुट पाउन सक्नेछन् । यस्तै, ७५ इन्चभन्दा ठूलो क्रिस्टल युएचडी टिभी खरिद गर्दा साउन्डबार सित्तैमा पाउनेछ भने एयु ७७०० मोडलका ५५ ईन्च र ६५ ईन्च युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए.१५(८/१२८) मोबाइल फोनमा पाँच हजार रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ । सोही अफरले यस नयाँ वर्षको अवसरमा फ्रिज र वासिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्रदान गरेको छ ।

सामसङले एआई इकोबबल फ्रन्ट लोड वा टप लोड वासिङ मेसिनका अद्भुत रेन्ज र साइड–बाई–साइड, कन्भर्टेबल ५–इन–१ लगायतका अद्भुत रेन्जका फ्रिजहरूमा क्यासब्याक पाउने र एक्सचेन्जको सुविधा उपलब्ध गराएको छ । सामसङले आफ्नो फ्रिजमा रहेको डीआइटी कम्प्रेसर र वासिङ मेसिनमा रहेको डीआईटी मोटरमा २० वर्षको वारेन्टी पनि प्रदान गरेको जनाएको छ । सामसङको कुनै पनि विशेष टिभी र घरेलु उपकरणहरूमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकहरूले उत्कृष्ट मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया