Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरेड्मी नोट १३ सिरिजको खरिदमा अफर

रेड्मी नोट १३ सिरिजको खरिदमा अफर


काठमाडौं । शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल– नयाँ नोट’ नामक विशेष अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस ५ जीको खरिदमा रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ ३ हजार चार सय ९९ रुपैयाँ छुट मूल्यमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार रेड्मी वाच ३ एक्टिभको वास्तविक मूल्य पाँच हजार छ सय ९९ रुपैयाँ रहेको छ । त्यसैगरी रेडमी नोट १३ खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन् । रेड्मी १३ नोट सिरिजअन्तर्गत तीन प्रकारका फोनहरू उपलब्ध रहेका छन् । कम्पनीले रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जी नेपालमा उपलब्ध रहेको जनाएको छ । ६/१२८ जीबी स्टोरेज र ८/२५६ जीबी स्टोरेज गरी दुई प्रकारमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल एआई क्यामरा रहेको छ ।

त्यसैगरी रेड्मी नोट १३ प्रो मा इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसरसहित ८/२५६ जिबी स्टोरेज र १२/५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जीमा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कभर्ड डिस्प्ले र एक सय २० वाटको चार्जरसहित ८/२५६ जीबी स्टोरेज र १२/५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

शाओमीको यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ । चैत्र १९ गतेबाट सुरु भएको यो अफर वैशाख नौ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार रेड्मी नोट १३को मूल्य २४ हजार नौ सय ९९ रुपैयाँ र २७ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यो फोन मिडनाइट ब्ल्याक, मिन्ट ग्रिन र आइस ब्लु कलरमा पाइनेछ । यस्तै, रेड्मी नोट १३ प्रोको मूल्य ३४ हजार नौ ९९ रुपैयाँ र ३९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यो फोन भने मिडनाइट ब्ल्याक, फरेस्ट ग्रिन र ल्याभेन्डर पर्पल कलरमा उपलब्ध रहेको छ । रेड्मी नोट १३ प्रो प्लस ५ जीको मूल्य भने ४७ हजार नौ सय ९९ रुपैयाँ र ५२ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यो फोन मिडनाइट ब्ल्याक, मुनलईट ह्वाइट र औरोरा पर्पल कलरमा पाइनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया