Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकेएनपी नेरोल्याकको दुई नयाँ पेन्ट्स सार्वजनिक

केएनपी नेरोल्याकको दुई नयाँ पेन्ट्स सार्वजनिक


काठमाडौं । जापानको पेन्ट केएनपी नेरोल्याक पेन्ट्सले हालै आफ्ना दुई नयाँ पेन्ट एक्सल इभरलास्ट १२ र इम्प्रेसन इको क्लिन सार्वजनिक गरेको छ । कम्पनीले हालै राजधानीमा डिलरमिट कार्यक्रम गरी नयाँ उत्पादनहरू सार्वजनिक गरेको हो ।

कार्यक्रममा सार्वजनिक गरिएका यी दुवै पेन्टमा ‘सुपर रिच प्रपर्टिज’ र हानिकारक किटाणु प्रतिरोधीलगायतका थुप्रै विशेषताहरू रहेका छन् । सार्वजनिक गरिएका दुई पेन्टहरूमध्ये एक्सल इभरलास्ट १२ मा १२ वर्षसम्मको वारेन्टी दिइएको छ । कुनै पनि बहुराष्ट्रिय कम्पनीद्वारा नेपालमा बिक्री वितरण हुने आफ्ना उत्पादनमा १२ वर्षसम्मको वारेन्टी दिइएको यो पहिलो पटक हो । यस्तै, इम्प्रेसन इको क्लिन पेन्टबाट हानिकारक गन्ध पनि नआउने हुनाले, घरभित्र लगाउन यो पेन्ट अत्यन्तै सुरक्षित रहेको कम्पनीले जनाएको छ । पेन्ट सार्वजनिक कार्यक्रममा पेन्टको टेलिभिजन विज्ञापनको पनि पहिलो पटक प्रदर्शन गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया