Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभारतीय फिन–टेक कम्पनी फोनपेद्वारा इ–सेवा र होटल संघ नेपालसँग साझेदारी

भारतीय फिन–टेक कम्पनी फोनपेद्वारा इ–सेवा र होटल संघ नेपालसँग साझेदारी


काठमाडौ । नेपालको फोनपे नेटवर्कमा युपीआई विस्तारको लागि भारतीय फिन–टेक कम्पनी फोनपेले इ–सेवा र होटल संघ नेपालसँग साझेदारी गरेको छ । पोखरामा बिहीबारदेखि आइबारसम्म हुन लागेको फेवा महोत्सवको अवसर पारेर फोनपेले सो साझेदारी गरेको हो ।

फेवा महोत्सव नेपालभरिका आन्तरिक पर्यटक माझ मात्र नभएर भारतीय पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय रहेको पाइन्छ । परम्परागत नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरू, स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सङ्गीत प्रस्तुति, परम्परागत नेपाली नृत्य तथा सङ्गीत प्रस्तुति, कला प्रदर्शनी र कार्यशालाहरूको साथमा फेवा महोत्सवले नेपाली संस्कृति र स्थानीय खानाको स्वादको अनुभव लिने अनुपम अवसर प्रदान गर्ने गरेको छ । साथै, सो महोत्सवमा नेपालमा यूपीआईको लोकप्रियता बढाउने उद्देश्यले फोनपेले स्थानीय व्यापारीहरूबीच डिजिटल भुक्तानीको बारेमा चेतना जगाउने कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ ।

महोत्सवमा तीन हजारभन्दा बढी व्यापारीहरू सहभागी हुनुका साथै एक लाखभन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवले तीन लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए । होटल संघ नेपालको सहकार्यमा पोखराका होटलहरूले पोखरा घुम्न आउने पर्यटकहरूलाई आरामदायी बास सुनिश्चित गर्न होटलहरूमा २० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया