Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएमजी मोटर्सको नव वर्ष अफरमा सात लाखसम्म छुट

एमजी मोटर्सको नव वर्ष अफरमा सात लाखसम्म छुट


काठमाडौं । एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले नेपाली नयाँ वर्षलाई लक्षित गरेर ‘नयाँ वर्ष २०८१ को बहार एमजीसँग आकर्षक उपहार’ नामक योजना ल्याएको छ ।

योजनाअन्तर्गत ग्राहकहरूले सात लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । अफरअन्तर्गत एमजीको ईभी मोडलमा ग्राहकहरूले निःशुल्क टायर, सात किलोवाटको एसी चार्जर र चालू आर्थिक वर्षको सडक करमा छुटजस्ता विभिन्न फाइदाहरू लिन सक्नेछन् । सुरक्षादेखि डिजाइनसम्म सबै कुराहरूमा उत्कृष्ट एमजीका सबै गाडीहरू (पेट्रोल तथा ईभी)मा अफरको उपलब्धताले ग्राहकमा गाडी किन्नमा थप प्रोत्साहन गर्ने अपेक्षा राखिएको कम्पनीले जनाएको छ । सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापीरूपमा चर्चा कमाउन सफल बेलायती ब्राण्ड एमजीले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायती मूल्य, सहज यात्रा र वातावरण मैत्री विशेषताहरूले गर्दा लोकप्रियता कमाउँदै आएको छ ।

अहिले नेपालमा एमजी४ ईभी, जेडएस ईभी, कोमेट ईभी गरी तीन विद्युतीय सवारी र हेक्टर, एचएस, र एसटर गरी तीन इन्धन/हाइब्रिड सवारीहरू उपलब्ध छन् । यी सबै सवारीहरूमा कम्पनीले फरक–फरक अफरहरू उपलब्ध गराएको छ । कम्पनीका अनुसार एमजीका गाडीहरूमा अधिकतम सात लाखको नगद छुटसँगै सात किलोवाटको चार्जर, अतिरिक्त टायर र चालू आर्थिक वर्षको सडक करमा छुटजस्ता थुप्रै फाइदाहरू यस योजनामा समावेश छ । यो अफर देशैभरिका एमजी २१ सोरुमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया