Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसोल्टी होटल र इसेवाबीच सहकार्य

सोल्टी होटल र इसेवाबीच सहकार्य


काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटल्स तथा रिसोर्टसबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको छ । सोल्टी होटल्स तथा रिसोर्टसको लोयल्टी प्रोग्राम हेरिटेज क्लबका सदस्यहरुले इसेवाबाट सोल्टी होटल्स तथा रिसोर्टसको कुनै पनि होटलमा बसाइ बुकिंगमा तथा खान पान गरे वापत क्यासब्याक र लोयाल्टी पोइन्ट पाउने व्यवस्थाका लागि इसेवा र सोल्टी होटल्स तथा रिसोर्टस ब्राण्डबीच सम्झौता भएको हो ।

सो सम्झौतामा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र स्ट्रिम पीक इन्टरनेशनल प्रा. लि. का सञ्चालक तथा सोल्टी होटल लि.का उपाध्यक्ष सुदर्शन चापागाइँले हस्ताक्षर गरेका छन् । इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले सोल्टी होटलले आफ्ना प्रयोगकर्तालाई केन्द्रबिन्दुमा राखेर रिवार्ड पोइन्ट कार्यक्रम सञ्चालन गर्नु आतिथ्यसत्कार क्षेत्रका लागि लागि उदाहरणीय कार्य भएको बताए । साथै प्रविधिको साथ लिएर आफ्ना प्रयोगकर्तालाई फराकिलो सेवा दिनुले सेवाग्राहीलाई निकै नै सहज र सरल हुने उनको भनाइ थियो । सोल्टी होटल र इसेवाको यो सहकार्यले विदेशी र स्वदेशी दुवै पर्यटकहरुलाई निकै सजिलो र सहज हुनेछ । लोयल्टी पोइन्टद्वारा इसेवा प्रयोगकर्ताहरुको लागि अब होटल तथा खानपानका लागि रेष्टूराँ बुकिंगमा थप सहजीकरण र फाइदाजनक हुने भएको हो ।

यस्तै सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले इसेवाले आर्थिक क्षेत्रमा गरेको योगदानले नेपाल तथा नेपालीहरुबाट हुने कारोबारको प्रक्रियालाई निकै नै सहज बनाएको बताए । इसेवा र सोल्टी होटेल्स तथा रिसोर्टसको यो सहकार्यले सोल्टीको लोयल्टी पोइन्ट प्रयोगकर्तालाई धेरै सजिलो हुने उनको भनाइ छ । इसेवाका प्रयोगकर्ताहरुले पनि सोल्टी होटल्स तथा रिसोर्टसका विभिन्न सेवा सुविधाहरुको प्रयोगबाट सोल्टीको लोयल्टी प्रोग्राममा आबद्व हुनका लागि समेत बाटो खुलेको उनले बताए । साथै इसेवाबाट सोल्टी होटल्स तथा रिसोर्टसका सबै होटलहरुमा सहजै बुक गर्न मिल्ने छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया