Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेक्सजेन म्यानेजमेन्टको योङ इनोभेटर्स मिट

नेक्सजेन म्यानेजमेन्टको योङ इनोभेटर्स मिट


काठमाडौं । नेक्सजेन म्यानेजमेन्टले काठमाडौंमा योङ इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बानेश्वरको आनन्दभूमि बिजनेस सेन्टरमा आयोजित कार्यक्रममा युवाहरूको व्यापक सहभागिता रहेको थियो । स्टार्टअप व्यवसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न नेक्सजेनले यो कार्यक्रम सञ्चालन गरेको थियो ।

देशमा कामको प्रशस्त अवसर भएर पनि उचित जानकारीको अभावमा युवाहरू निराश भएर विदेश पलायन हुँदैछन् । सहयोगी संस्थाहरू र काम गर्न चाहने युवाहरूबीच सहजीकरण गर्न यस कार्यक्रमको आयोजना गरिएको नेक्सजेनका अध्यक्ष रमेशकुमार भट्टराईले जानकारी दिए । यस्ता कार्यक्रम काठमाडौंलगायत देशका अन्य स्थानमा पनि निरन्तर गरिने उनले बताए । स्टार्टअप इनोभेसन एन्ड इन्कयुवेसन सेन्टरका अध्यक्ष डा शम्भु पोखरेलले स्टार्टअप व्यवसाय गर्न चाहनेलाई सेन्टरले सहयोग गर्ने बताए । कार्यक्रममा विजय लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले लघु वित्तिय संस्थाको तर्फबाट स्टार्टअप व्यवसाय गर्न चाहनेलाई वित्तीय स्रोतको व्यवस्था गर्न सकिने जानकारी दिए ।

कार्यक्रममा कृषि विकास बैंक र नेपाल बैंकका पूर्वकार्यकारी प्रमुख देवेन्द्र प्रताप शाहले युवाहरूले नयाँनयाँ कामको सम्भावना खोजी गरेर अघि बढ्नुपर्नेमा जोड दिए । योङ इनोभेटर्स मिट कार्यक्रमको अध्यक्षता ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले गरेका थिए । कार्यक्रममा उनले बैंकहरूले जनताको निक्षेपबाट लगानी गर्नुपर्ने भएकोले सम्भावना भएको र कर्जा तिर्न सक्ने क्षमता भएको उद्योग व्यवसायमा मात्र लगानी गर्न सकिने जानकारी दिए । ‘स्टार्टअप व्यवसाय अधिकांश सफल हुँदैनन् । त्यसैले अध्ययन अनुसन्धान गरेर नयाँ प्रविधि र सोचका साथ टिम बनाएर काम गर्दा सफल हुन सकिन्छ’, उनले भने । साथै नेक्सजेन म्यानेजमेन्टजस्तो अनुभवी र दक्ष संस्थामार्फत आउँदा बैंकहरूलाई लगानी गर्न सहज हुने उनले बताए । कार्यक्रममा स्टार्टअप व्यवसायी, विभिन्न कलेजका मास्टर्स तहमा अध्ययनरत विद्यार्थी र नयाँ काम गर्न चाहने युवाहरूको सहभागिता थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया