Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभारतको चर्चित फर्च्युन होटेल्स अब नेपालमा

भारतको चर्चित फर्च्युन होटेल्स अब नेपालमा


काठमाडौं  । भारतको आईटीसी ग्रुप अफ होटेल्सअन्तर्गतको फर्च्युन होटेल्सले नेपालबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको छ । भक्तपुरमा फर्च्युन रिसोर्ट एन्ड वेलनेस स्पाको उद्घाटन गर्दै होटलका सञ्चालकहरूले भारतीय होटल सञ्जाललाई नेपालमा विस्तार गरेका हुन् ।

रिसोर्टमा स्पा, रिल्याक्सिङ ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रुम, जिम, आकर्षक दृश्य देखिने स्विमिङ पुलजस्ता विभिन्न आरामदायी सुविधाहरू उपलब्ध छन् । शाकाहारी खानाका पारखीहरूलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका स्वादिष्ट शाकाहारी खानेकुराहरू उपलब्ध छन् । साथै, नेप्ट्युन बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिराहरू उपलब्ध हुने रिसोर्टले जनाएको छ । थुप्रै फराकिलो ब्याङ्क्वेटहरू रहेको रिसोर्टले वैवाहिक गन्तब्यको रूपमा पनि चर्चा कमाउन सक्ने सम्भावना राखेको छ ।

रिसोर्टमा आठ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको प्रि–फङ्सन क्षेत्र र ११ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको स्विमिङ पुल रहेको छ । यो सबै कुराहरूले यस रिसोर्टलाई एक उत्कृष्ट इभेन्ट गन्तव्य बनाउँछ जहाँ करिब छ सय पाहुनाहरू आरामले अटाउँछन् । रिसोर्टमा पार्टी र बैठकको लागि पनि छुट्टै क्षेत्रको व्यवस्था रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया