Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजारओमोडा बन्यो युरोपमा उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी

ओमोडा बन्यो युरोपमा उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी


काठमाडौं  । विद्युतीय सवारी निर्माता ओमोडा युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ । अटोमोटिभ उद्योगमा वातावरणमैत्री रूपान्तरणको लहरको बीचमा ओमोडाले आफ्नो विश्वव्यापी विस्तारलाई फराकिलो बनाउँदै आफ्नो अत्याधुनिक सक्षमता प्रदर्शन गरेको छ ।

कम्पनीले हालै स्पेनमा एक कार्यक्रमको आयोजना गरी पहिलो युरोपेली फ्याक्ट्री प्लान(योजना) सार्वजनिक गरिएको थियो । स्पेनका राष्ट्रपति ‘पेड्रो सान्चेज पेरेज–कास्टेजन’को प्रत्यक्ष उपस्थितिसहित अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा फ्याक्ट्री प्लान सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले फेब्रुअरीमा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा पहिलो ‘अल–इलेक्ट्रिक क्रसओभर एसयुभी ओमोडा ई५को स्पेनिस बजारमा सार्वजनिक गरेको थियो ।

नेपालमा पनि गत फेब्रुअरीमा सार्वजनिक गरिएदेखि ओमोडा ई५ ले अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी, दक्ष र इन्टिलिजेन्ट पर्फमेन्स र फ्युचरिस्टिक डिजाइन स्टाइलका लागि उच्च प्रशंसा पाइरहेको छ । एसपीजी अटोमोबाइल्स प्रालि नेपालमा ओमोडा एन्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक रहेको छ ।


क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया