Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित


काठमाडौं । नेपाल सरकारले एनसेलकी एक्टिङ चिफ टेक्निकल अफिसर (सीटीओ) लेना केशरी कंसाकारलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कंसाकारलाई नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२४ को महिला विधामा यो सम्मान प्रदान गरेको हो ।

राष्ट्रिय सभागृहमा बिहीबार आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले सो अवार्ड कंसाकारलाई वितरण गरेका थिए । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र समृद्ध नेपाल निर्माणको अभियानमा पु¥याएको विशिष्ट योगदानको उच्च मूूल्याङ्कन गर्दै एक लाख नगद सहित यो पुरस्कार प्रदान गरिएको हो । कंसाकार सन् २००५ मा असिस्टेन्ट इन्जिनियरको रूपमा एनसेलमा जोडिएकी थिइन् । अहिले उनी एक सय ४० बढी प्राविधिक कर्मचारीहरूको टोलीलाई नेतृत्व गर्दै एनसेलको एक्टिङ सीटीओको रुपमा कार्यरत छिन् ।

असिस्टेन्ट इन्जिनियर, इन्जिनियर, एक्जिक्युटिभ इन्जिनियर, टेक्निकल म्यानेजर, युनिट हेड, सेक्सन हेड हुँदै अहिले उनी एक्टिङ सीटीओको उच्च पदमा नेतृत्व गरिरहेकी छन् । एनसेलमा प्राविधिक क्षेत्रको उच्च पदमा पुग्ने कंसाकार पहिलो नेपाली महिला हुन् । एनसेलमा कार्यरत रही उनले टुजी, थ्रिजी, फोरजीको व्यापक विस्तारलगायत विभिन्न महत्वपूर्ण काम गरेकी छन् । कंसाकारले ग्रामीण क्षेत्रमा दूरसञ्चारको पहुँच, भीओएलटीई सेवा विस्तार, डेटा सेन्टर स्थापनालगायतका दर्जनौं प्रोजेक्टहरूको लागि नेतृत्व लिएर कार्य गरेकी छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा अन्य विभिन्न विधामा पनि पुरस्कार प्रदान गरेको थियो । प्युठानका डा शैलेन्द्र गिरी नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानित भएका छन् । वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजले नेसनल आईसीटी इनोभेसन अवार्ड २०२४ पुरस्कार जितेको छ । त्यसैगरी मोनाल टेक ‘नेसनल आईसीटी स्टार्टअप अवार्ड २०२४’ बाट सम्मानित भएको छ । सामाजिक सुरक्षा कोषले नेसनल आईसीटी अवार्ड २०२४ (पब्लिक सेक्टर) प्राप्त गरेको छ भने प्राइभेट सेक्टरमा डेटा हब यो पुरस्कारबाट सम्मानित भएको छ । प्रदेशस्तरबाट निजी क्षेत्रको डाइनामिक टेक्नोसफ्टले नेसनल आईसीटी अवार्ड २०२४ जितेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया