Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश

मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश


काठमाडौं । फोनपेले पे नेप प्राइभेट लिमिटेड (मोरु डिजिटल वालेट) लाई आफ्नो सञ्जालमा समावेश गरेको छ । मोरु डिजिटल वालेट, फोनपे नेटवर्कमा अन्तरआबद्ध हुनाले अब मोरु डिजिटल वालेटबाट सजिलै क्युआर भुक्तानी कारोबारहरू गर्न सकिने कम्पनीले जनाएको छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले, फोनपे र मोरु डिजिटल वालेटका प्रतिनिधिको उपस्थितिमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस अन्तर–आबद्धताको साथमा, सम्पूर्ण मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूले फोनपे नेटवर्कमा अवस्थित नेपालभरका झण्डै चौध लाख व्यवसायी स्टोरहरूमा सहजरूपमा किफायती, सुविधाजनक र सुरक्षित क्युआर भुक्तानी गर्न सक्नेछन् ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटाले मोरु डिजिटल वालेटको साझेदारीले कम्पनीको प्रयोगकर्तालाई डिजिटल भुक्तानीमा थप सहजता प्रदान गर्ने बताए । यस्तै, मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले फोनपेसँग आबद्ध हँुदै फोनपे नेटवर्कमा अवस्थित भएका देशभरका १४ लाख व्यवसायीहरू माझ मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूको पहुँच पुर्याउन पाउँदा खुसी लागेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया