Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीवाईडीद्वारा युरो कपमा सहभागी हुन पाउने ११ नेपालीको नाम घोषणा

बीवाईडीद्वारा युरो कपमा सहभागी हुन पाउने ११ नेपालीको नाम घोषणा


काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स् इन्क प्रालिले युरो कप २०२४को लागि सार्वजानिक गरेको ‘नेपाली अब युरो कपमा’ योजनाको ११ जना विजेताहरू घोषणा गरेको छ ।

लक्की ड्रमार्फत विजेता नाम घोषणा गरिएको कम्पनीले जनााएको छ । विजेताहरूले जर्मनीमा हुने युरो कप २०२४ खेल मैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाउनेछन् । यस आयोजना अत्यन्तै रोचक रहेको र विजेताहरूलाई अविस्मरणीय अवसर प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीले फेब्रुअरी २६, २०२४ देखि मे ५ सम्म बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकहरूबाट ११ जना भाग्यशाली ग्राहक छनौट गरेको हो । बीवाईडी नेपालका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्य र साईमेक्स इन्कका अध्यक्ष अनिल श्रेष्ठले संयुक्तरूपमा लक्की ड्र कार्यक्रम गरेका थिए । सो लक्की ड्र कार्यक्रममा दुई चरणमा गरिएको थियो । पहिलो चरणका बिजेताहरूमा शाश्वत गौतम, श्याम सुन्दर श्रेष्ठ/सुदर्शन श्रेष्ठ, बीजेन्द्र शाक्य, कबिनराज श्रेष्ठ र दिनेश प्याठा रहेका छन् ।

यस्तै, दोस्रो चरणका विजेताहरूमा गणेश कँडेल, डा ममता क्षेत्री÷डा जगदीश तिमिल्सिना, प्रदीप पौडेल, सगरमाथा टेलिभिजन÷विमल गुरुङ, जयप्रकाश दास र सजिना पाण्डेय रहेको कम्पनीले जनाएको छ । यो योजना साईमेक्स् इन्क प्रालिको लागि अत्यन्तै महत्वपूर्ण रहेको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया