Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएमजी ४ ईभीलाई उत्कृष्ट कारको उपाधि

एमजी ४ ईभीलाई उत्कृष्ट कारको उपाधि


काठमाडौं । एमजी कारले विश्व बजारमा एकपछि अर्काे सफलता हात पार्दै आएको छ । यहि क्रममा एमजी ४ ईभीले हालै २०२४को उत्कृष्ट कारको उपाधि हात पारेको हो । न्युजील्याण्डको प्रख्यात सञ्चार कम्पनी स्टफद्वारा आयोजित ‘टप कार्स २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ ईभीले शीर्ष उपाधि जित्न सफल भएको छ । अवार्ड समारोहको निर्णायक मण्डलका एक सदस्य क्यामरुन अफिसरले भने, ‘एमजीको प्रशंसा गर्ने हामी पहिलो होइनौं । एमजी ४ को यो न्युजील्याण्डमा मात्रै नवौं पुरस्कार जित हो ।’ गत वर्ष नेपाली बजारमा कदम राखेको पूर्णरूपमा विद्युतीय कार एमजी ४ ईभी सहज यात्रा तथा किफायती मूल्यको लागि प्रसिद्ध छ । २०२२ मा बजारमा आएको एमजी ४ ईभीले ‘बेस्ट भ्यालु इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द यर २०२३’, ‘ बेस्ट भ्यालु इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द यर’जस्ता विभिन्न उपाधिहरू हासिल गर्दै आएको छ ।

सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापीरूपमा चर्चा कमाउन सफल बेलायती ब्राण्ड एमजीले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायती मूल्य, सहज यात्रा र वातावरणमैत्री विशेषताहरूले गर्दा लोकप्रियता कमाउँदै आएको छ । एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले हाल नेपालमा एमजी४ ईभी, एमजी जेडएस ईभी, एमजी कोमेट ईभी गरी तीन वटा मोडेलका विद्युतीय र एमजी हेक्टर, एमजी एचएस, र एमजी एसटर गरी तीन वटा मोडेलका इन्धन गाडीहरू बिक्री वितरण गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया