Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा लगानी भित्र्याउन कोरियाली राजदूतसँग आग्रह

नेपालमा लगानी भित्र्याउन कोरियाली राजदूतसँग आग्रह


काठमाडौं । नेपाल उद्योग परिसंघले कोरियाली लगानी नेपालमा विस्तार गर्नको लागि पहल गरिदिन दक्षिण कोरियाका राजदूतसँग आग्रह गरेको छ । परिसंघले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङ्गसँग दुई देशबीचका लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारका विषयमा छलफलमा सो आग्रह गरेको हो ।

परिसंघ सचिवालयमा बुधबार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले कोरियाली लगानीकर्ताहरूलाई नेपालमा भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानी विस्तारका लागि पहल गरिदिन राजदूत तइयोङ्गलाई आग्रह गरे । सरकारले वैदेशिक लगानी आकर्षित गर्न विद्यमान केही कानुनहरूमा संशोधन समेत गरिसकेको प्रसंग जोड्दै अग्रवालले नेपाल लगानीका लागि राम्रो गन्तव्य रहेको बताए । दक्षिण कोरिया नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको बताउँदै उनले नेपाली श्रमिकहरूले कोरियामा सिकेको सीप नेपालमा उद्यमशीलताका साथै समग्र आर्थिक विकासमा सहयोगी बन्ने विश्वास व्यक्त गरे । यस्तै, उनले सीप विकासका क्षेत्रहरूमा समेत लगानी गर्न आग्रह गरे । परिसंघले आगामी सेप्टेम्बरमा आयोजना गर्न लागेको नेपाल पूर्वाधार सम्मेलन २०२४ मा कोरियाबाट उल्लेख्य लगानीकर्ताहरूको सहभागिताका लागि राजदूत तइयोङ्गसँग आग्रह गरे । दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापित भएको ५०औँ वर्ष पुगेकै दिन भएको यो छलफल अत्यन्त सुखद् र महत्वपूर्ण भएको उनको भनाइ थियो ।

छलफलका क्रममा राजदूत पार्क टेइ योङ्गले परिसंघले सञ्चालन गरेको ‘मेक इन नेपाल–स्वदेशी अभियान’को प्रशंसा गर्दै यस्ता अभियानहरूले मुलुकको उत्पादन, उत्पादकत्व तथा रोजगारी प्रवद्र्धन गर्दै आयात प्रतिस्थापनमा उल्लेख्य योगदान पु¥याउने बताए । राजदूत तइयोङ्गले कोरियाको श्रम बजारमा उल्लेख्य उपस्थिति रहेको उल्लेख गर्दै नेपालीहरू मेहनती तथा इमान्दार रहेको बताए । यस्तै, उनले नेपालको आर्थिक विकासमा आवश्यक सहयोग पुग्ने विषयहरूमा दक्षिण कोरिया सदैव सकारात्मक रहेको बताए । छलफलमा परिसंघका पूर्वअध्यक्ष सतिशकुमार मोर, उपाध्यक्ष निर्वाण चौधरी, राजबहादुर शाह तथा रोहित गुप्ता, पदाधिकारी समिति सदस्य छाया शर्मा तथा महानिर्देशक डा घनश्याम ओझालगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x