Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद


काठमाडौं । भुक्तानी संस्था भिजाले नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजरको रूपमा सब्बीर अहमदलाई नियुक्त गरेको छ ।

बंगलादेश र भियतनाममा बैंकिङ र भुक्तानीमा २७ वर्षभन्दा बढी अनुभव भएको सब्बीरले अब ढाका अफिसमा रहेको टोलीसँग तीन देशमा भिजाका लागि बजार सञ्चालनको नेतृत्व गर्नेछन् । सब्बीर अहमदको नियुक्तिसँगै भिजाले बंगलादेश र भुटानसँगै नेपालको बजारमा आफ्नो नेतृत्व तथा प्रतिबद्धता दोहो¥याएको जनाएको छ । नेपालका लागि बढ्दो गतिमा डिजिटल भुक्तानीहरू अपनाउने क्रममा परिष्कृत भुक्तानी समाधानहरू प्रस्तुत गर्नमा भिजाले निरन्तर ध्यान केन्द्रित गरेको छ । भिजाले सब्बीरको बजार नेतृत्वमा दक्षिण एसियाभरि डिजिटल भुक्तानी परिदृश्यमा आफ्नो वृद्धिलाई गति दिने लक्ष्य राखेको छ ।

नवनियुक्त कन्ट्री म्यानेजर सब्बीर अहमदले तीन वटै देशका लागि डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको बताए । भिजा इन्डिया र दक्षिण एसियाका ग्रुप कन्ट्री म्यानेजर सन्दीप घोषले सब्बीरको आफ्नो बलियो व्यावसायिक उपलब्धिहरू, विविध बैंकिङ अनुभव र गहिरो बजार सम्बन्धले कम्पनीको नेतृत्वलाई बलियो बनाउने, व्यावसायिक उद्देश्यहरू अघि बढाउने र भिजाको लागि दिगो विकासलाई प्रोत्साहन गर्ने बताए । सब्बीर नेपालमा भिजाको व्यावसायिक प्राथमिकताहरू प्रवद्र्धन गर्न जिम्मेवार हुनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x