Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुपर तल्लो बागमती जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो

सुपर तल्लो बागमती जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो


काठमाडौं । सुपर तल्लो बागमती जलविद्युत् आयोजना निर्माणको लागि आवश्यक लगानी जुटेको छ । सो आयोजना निर्माणको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा अन्य वित्तीय संस्थाहरूले लगानी गर्ने भएका छन् । सुपर बागमती हाइड्रोपावर लिमिटेडले ललितपुर र मकवानपुर जिल्लास्थित बागमती नदीमा ४१ दशमलव तीन सय १४ मेवा क्षमताको सो आयोजना निर्माण गर्न लागेको छ । सो आयोजनाको कुल लागत नौ दशमलव २८ अर्ब रुपैयाँ रहेको छ । आयोजनामा लगानी गर्ने सम्बन्धी सम्झौतामा हालै सम्झौता भएको हो । सुपर बागमती हाइड्रोपावरले २०७८ माघ १२ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि उत्पादनको अनुमति पत्र लिएको थियो । यस्तै, २०८० असार २५ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एएनके कन्स्ट्रक्सन रहेका छन् ।

सो परियोजना निर्माणका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४ दशमलव ३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५ दशमलव ६७ प्रतिशत रकम प्रवद्र्धक/संस्थापकहरूको लगानी रहने छ । सो परियोजनामा लक्ष्मी सनराइज बैंकको कर्जा प्रतिबद्धता तीन दशमलव चार अर्ब रुपैयाँ रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरूमध्ये सह–अगुवा एभरेस्ट बैंकको दुई दशमलव पाँच अर्ब रुपैयाँ तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब रुपैयाँ लगानी रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x