Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिलालाई उद्यमशीलतामा लाग्न प्रोत्साहन गर्नुपर्नेमा जोड

महिलालाई उद्यमशीलतामा लाग्न प्रोत्साहन गर्नुपर्नेमा जोड


काठमाडौं । महिलालाई उद्यमशीलतामा लाग्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको महिला उद्यम विकास समितिले आयोजना गरेको आर्थिक विकासमा महिलाको योगदान विषयक कार्यक्रममा सहभागीहरूले महिलाहरू आर्थिकरूपमा सबल हुनुपर्नेमा जोड दिएका हुन् । महिला आर्थिकरूपमा सबल हुन उद्यमशीतलामा लाग्नुपर्ने उनीहरूको भनाइ छ ।

कार्यक्रममा कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास प्रमुख दुर्गा भण्डारीले अर्थतन्त्रमा उद्यमी महिलाको योगदानका बारेमा एक कार्यपत्र प्रस्तुत गर्दै महिला उद्यमशीलताको महिला सशक्तीकरणमा सम्बन्ध रहेको बताइन् । महिलाको आर्थिक स्वतन्त्रता र आत्मसम्मानमा पनि वृद्धि हुने गरेको भन्दै उनले महिलालाई उद्यमशीलतामा लाग्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा महासंघ कोशी प्रदेश महिला उद्यम विकास सभापति सरु केसीले महिलाहरूको उद्यमशीलता विकासमा महासंघले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिइन् । कार्यक्रममा सफल महिला उद्यमीका प्रेरणाका कथाले उद्यमशीलता विकासमा सकारात्मक प्रभाव पार्ने बताउँदै इलाम नगरपालिका ८ मा अवस्थित ग्रिनसिटी ललिपप उद्योगी दीपा गुरुङको उद्यमशीलताको सफलता बारेमा ब्यापक चर्चा गरिएको थियो ।

उद्यम सञ्चालन गर्न सुरुवाती समयमा धेरै व्यवधान भोग्नु परेको उद्योगी गुरुङले सुनाइन् । अहिले आफूले ४० जनालाई रोजगार प्रदान गरेको बताउँदै उनले वैदेशिक रोजगारीमा रहेका आफ्ना श्रीमान्लाई समेत स्वदेश फर्काएरको जानकारी दिइन् । कार्यक्रममा महिला उद्यमीको आर्थिक अधिकार विषयमा मानव अधिकार आयोगका पूर्व निर्देशक सुवर्णकुमार कर्मचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै, विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निरौला कार्कीले राजनीतिक र सामाजिकरूपमा सशक्त बन्न आर्थिकरूपले सशक्त बन्नुपर्ने भन्दै महिलाहरूको उत्पादनको गुणस्तर मूल्य र ब्रान्डिङमा जोड दिनुपर्ने बताइन् । विराटनगर महानगरपालिकाले महिला उद्यमशीलताको अवस्था बारेमा अध्ययन गर्ने गरेको बताउँदै उनले आगामी महानगरको बजेटले उद्यमशीलता विकासलाई सम्बोधन गर्ने जानकारी दिइन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले महिला सशक्तीकरणको खाँचो औँल्याउँदै अध्ययन साथसाथै तालिमले क्षमता विकास हुने बताएका थिए । आन्तरिक राजस्व कार्यालयका हरि सेडाइँले उद्यमशीलता विकासका आधारभूत पक्षहरू बारेमा चर्चा गर्दै महिला उद्यमीहरूले व्यवसायमा के–कस्ता कर र प्रक्रिया अपनाउनुपर्छ भन्ने कुराको जानकारी गराउनुपर्नेमा जोड दिएका थिए । कोशी प्रदेशसभाकी उप–सभामुख सिर्जना दनुवारको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x