Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजीहो एक्सचेन्ज एन्ड अपग्रेड क्याम्प

जीहो एक्सचेन्ज एन्ड अपग्रेड क्याम्प


काठमाडौं । सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘एक्सचेन्ज एन्ड अपग्रेड’ नामक पाँच दिने सट्टापट्टा क्याम्प सञ्चालनमा ल्याएको छ ।

कम्पनीले नक्साल, सल्लाघारी तथा झम्सिखेलस्थित सोरुममा सोमबारदेखि यो सेवा सञ्चालन गरेको छ । जीहोको एई६ प्लस, एई६ प्लस एलआर (डबल ब्याट्री) र एई८ मोडल हाल उपलब्ध छन् । यस क्याम्पमा भने कम्पनीले एई६ प्लस र एई६ प्लस एलआरलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ । क्याम्प अवधिभर जीहोका यी मोडल एक्सचेन्जमा बजार मूल्याङ्कनमा २० हजार रुपैयाँ थप मूल्याङ्कन हुनेछ भने नयाँ खरिदमा १५ हजार रुपैयाँ सिधै छुटका साथै दुई वर्षको निःशुल्क कर तथा थर्ड पार्टी इन्स्योरेन्स पनि निःशुल्क उपलब्ध हुनेछ ।

दुईपाङ्ग्रे ईभी बजारमा छोटो समयमै आफ्नो बलियो उपस्थिति जनाउन सफल जीहोका स्कुटर आकर्षक डिजाइन, टफ बिल्ट क्वालिटी, एड्भान्स प्रविधि र हाई पर्फमेन्स फिचरका साथ उपलब्ध छन् । जीहो एई६ प्लसमा पाँच दशमलव पाँच किलोवाटको पिक पावरको साइड मोटर दिइएको छ । जसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ । यसमा एक दशमलव आठ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ । जसको अधिकतम रेन्ज ७० देखि ९० किलोमिटर रहेको छ । एई६ प्लस एलआर (डबल ब्याट्री) मा तीन दशमलव छ किलोवाट आवरको दुई वटा ब्याट्री पाइन्छ, जसको अधिकतम रेन्ज एक सय ६० किलोमिटर रहेको छ ।

यी स्कुटरमा जीहो राइड एप्सको सहायताले राइडरले आफ्नो स्कुटरको सम्पूर्ण जानकारी मोबाइलमै पाउन सक्छन् । जीहोको आफ्नै ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) दिइएको स्कुटरले प्रयोगकर्तालाई ब्याट्री सुरक्षा तथा सवारी साधनको सुुरक्षामा शतप्रतिशत ग्यारेन्टी दिने हुँदा यी स्कुटर अन्य ईभी स्कुटरभन्दा फरक रहेको जानकारी कम्पनीले दिएको छ । यी स्कुटरमा क्रुज कन्ट्रोल, गाइड मी होम, स्लोप हिल असिस्टेन्ट, पार्क असिस्टेन्ट, सिट र स्ट्यान्ड सेन्सर, वेदर प्रोटेक्टेड सिट, आईपी६७, छ विभिन्न कलर ट्रिम च्वाइस रहेका छन् । जीहोका यी मोडलहरूमा मोटरमा २ वर्ष, ब्याट्रीमा ३ वर्ष तथा कन्ट्रोलर र चार्जरमा १ वर्षको वारेन्टी दिइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x