‘अरबान्स नेपाल’को स्थानीय घर सेवा एप सार्वजनिक
काठमाडौं, पुस १४
‘अरबान्स नेपाल’ले नेपालमै पहिलो लोकल होम सर्भिस एप लन्च गरेको छ । शुक्रबार काठमाडौँको होटल सोल्टीमा आयोजित एक कार्यक्रममा उक्त एप लन्च गरिएको हो । विशेष गरी दैनिक जीवनमा घर तथा कार्यालयमा हुने मर्मतसम्भारको समस्याहरुलाई मध्यनजर गर्दै यो एप लन्च गरिएको हो ।
‘अरबान्स् नेपाल’ एउटा यस्तो एप हो जसमार्फत उपभोक्ताले आफूलाई चाहिएको दैनिक सेवाको लागि दक्ष कामदार हायर गर्न सक्नेछ, जसले सहुलियत र १५ दिनको ग्यारेन्टीका साथ सेवासुविधा उपलब्ध गराउनेछ । आफूले खोजेको बेला समाधान गर्ने व्यक्ति नपाउने कारणलाई विशेष महत्व राख्दै, अब अनलाइनबाटै हरेक सुविधाहरु १ क्लिकमा नै घर आँगन अगाडि प्लान लिई अरबान्स् नेपाल बजारमा पाइला चालेको दाबी आयोजकले गरेको छ ।
कार्यक्रममा अरबान्स नेपालका सीईओ तथा संस्थापक सविल खानले स्वदेशमै रोजगारीको माहोल बनाउँछु भन्ने नाराका साथ आफूहरुले यो एप लन्च गरेको जानकारी दिए । खानले भने, ‘दैनिक एक हजार दुई सय भन्दा बढि युवा खाडी मुलुकमा कामको सिलसिलामा पलायन हुनुपर्ने अवस्था छ । जसमध्ये ७० भन्दा बढि नेपाली रातो बाकसमा मुत्युकको रुपमा फर्किन्छन् ।’
उनले नेपालमा चाहिने सुविधाको माग छ भनेर सीटीईभीटीबाट हजारौँ दक्ष कामदारहरु दीक्षित भएर निस्किने उल्लेख गर्दै देशमै रोजगारको प्लेटफर्म बनाउनुपर्ने बताए । उनले भने, ‘किन परिवारको साथ छोडेर अर्काको देशको ४० डिग्री घाममा आफनो पसिना बगाउने र ज्यान जोखिममा हाल्ने ?’ खानले अरबान नेपाल त्यो प्लेटफर्म बनिसकेको दाबी पनि गरे । टुटलको जस्तै कमिसन मोडलमा आफू आफ्नै मालिकजस्तै काम गर्ने विकल्प आफैँ छान्ने सिस्टम बनाइएको बताए । जसले गर्दा बिचौली तथा दलालहरुले कुनै पनि मौका नपाउने उनको भनाइ छ ।
उक्त कार्यक्रमको पूर्वसन्ध्यामा अरबान्स् नेपालले ‘युथ माइग्रेशन एण्ड इट्स् इम्प्याक्ट इन द इन्टरप्रिनरशिप कल्चर इन नेपाल’ विषयक प्यानल डिसकसन पनि गरेको थियो । उक्त प्यानल डिस्कसनमा चौधरी ग्रुपका एक्जुकेटिभ डाइरेक्टर करुण चौधरी, ल्याटिडो लेदरका सञ्चालक विलाल अहमेद साह, टुटलका को–फाउण्डर सिक्सिड भट्टसँगै प्रोपर्टी ३६० डिग्रीका सञ्चालक सन्तोष प्रधानले टिप्पणी गरेका थिए भने क्लियर भिजनकी प्रकृति भट्टराई बस्नेत मोडरेटर बनेकी थिइन् । साथै अरबान्स् नेपालले नेपालमै बसेर केही गर्न खोज्ने युवाहरुलाई लक्षित गरेर ‘नेपालीले नेपालकै लागि गर्छ’ भन्ने नारा लिएको युट्यूवमा क्याम्पेन गर्न लागेको पनि जानकारी दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया