सुर्खेतमा खानेपानी आयोजनाको काम अघि बढ्यो
सुर्खेत, पुस १८
खानेपानीको समस्या झेलिरहेको कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पानीको आपूर्ति बढाउने उद्देश्यले दुई वटा आयोजनाको काम सुचारु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका र सिंगो सुर्खेत उपत्यकामा खानेपानी पु-याउने उद्देश्यले आयोजनाको काम अघि बढेको छ । गुर्भाकोट नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ का जनतालाई खानेपानी पु-याउने उद्देश्यले भेरी नदीको पानी पम्पिङ गरेर आयोजना अघि बढाइएको हो ।
सुभाघाट सहरी खानेपानी आयोजनाको नामबाट गुर्भाकोट नगरपालिकामा खानेपानी वितरण गर्ने गरी काम धमाधम अघि बढिरहेको आयोजना प्रमुख पूर्ण प्रसाद उपाध्यायले जानकारी दिए । उक्त आयोजनाको निरीक्षण गर्न केही दिनअघि खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासे र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दास सुर्खेत पुगेका थिए । गत असारमा ठेक्का सम्झौता भएर काम सुरु भएको सुभाघाट खानेपानी आयोजनाको भौतिक प्रगति करिब १७ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत पुगेको आयोजना प्रमुख उपाध्यायले बताए ।
६२ करोड लागत भएको यस आयोजनाको काम अबको दुई वर्षमा सक्ने लक्ष्य राखिएको छ । भेरी नदीको पानी पम्पिङ गर्ने र प्रशोधित गरेर वितरण गर्ने योजना रहेको उपाध्यायले बताए । यो आयोजनाबाट करिब १७ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । त्यस्तै सुर्खेत उपत्यका बृहत खानेपानी आयोजना अन्तर्गत मुहान बनाएर पानीको मात्रा परीक्षण गर्ने काम सुरु हुँदैछ ।
सुर्खेत उपत्यकाका करिब २ लाख जनसंख्यालाई पानी पु-याउने उद्देश्यले आयोजनाको काम अघि बढाउन लागिएको हो । खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले यसको काम गरिरहेको छ । मुहान बनाएर भेरीको पानी ल्याउने र सुर्खेत उपत्यकामा वितरण गर्ने महत्वाकांक्षी योजनासहित मन्त्रालयले काम अघि बढाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया