सिप्रदीद्वारा चेपाङ विद्यार्थीहरूलाई न्यानो कपडा र अन्य सामग्री वितरण
काठमाडौं, पुस २१
सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाले चेपाङ विद्यार्थीहरूलाई न्यानो कपडा तथा अन्य सामग्रीहरू वितरण गरेको छ । नारायणघाटको रत्ननगरस्थित श्री विन्ध्येश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीहरूलाई ज्याकेट, टोपी तथा जुत्ताहरू वितरण गरिएको कम्पनीले जनाएको छ ।
श्री विन्ध्येश्वरी आधारभूत विद्यालयमा विगत ८ वर्षदेखि चेपाङ विद्यार्थीहरूलाई सिप्रदीयन सहायता संस्थाले सहायता उपलब्ध गराउँदै आएको छ । ती चेपाङ विद्यार्थीहरूलाई पढाइ तथा अन्य छात्रावासमा बस्ने क्रममा आवश्यक पर्ने स्टेशनरी, तन्ना तथा टोइलेट्री सामग्रीहरू प्रदान गर्ने गरेको छ । सो विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीहरू कक्षाकोठा तथा विद्यालय र क्षेत्रीयस्तरमा आयोजित अतिरिक्त क्रियाकलापहरूमा आफूलाई अब्बल साबित गरेका छन् र अधिकांश चेपाङ विद्यार्थीहरू एसईई परीक्षा राम्रो अंक ल्याई उत्तीर्ण भएका छन् ।
सिप्रदीयन सहायता संस्थाले शिक्षाको क्षेत्रमा सक्रियरूपमा सहयोग र योगदान गर्दै आएको छ । हालै सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्ट इन्डियासँगको साझेदारीमा विसं २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको भूकम्पप्रतिरोधी र अत्याधुनिक सिन्धुपाल्चोक जिल्लास्थित विद्यालयहरू तथा स्वास्थ्य चौकी हस्तान्तरण गरिसकेको छ । कार्यक्रममा सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरू रजत श्रेष्ठ तथा विमल गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू तथा शिक्षकहरू उपस्थित थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया