दराजद्वारा २०२० को तयारी
काठमाडौं, माघ ३
नेपालको अग्रणी अनलाइन बजार, दराजले, अब २०२० को तयारी गरेको छ । सन् २०१२ मा स्थापना भएदेखि नै दराजले २०१८ मा अलिबाबाले दराज अधिग्रहण गरेको हो । हाल दाराज पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यान्मारमा कार्यरत छ । सन् २०१८ मा दराज एपको व्यापक रिडिजाइन, र २०१९ का थप सुधार तथा विकासहरूमार्फत, दराजले आफ्नो ग्राहकहरुको संख्यामा वृद्धि भएको जनाएको छ । सन् २०१८ देखि कम्पनीले ग्राहक तथा बिक्रेता संख्यामा दुुई सय प्रतिशत र अर्डरहरुमा दुई सय ७० प्रतिशतको वृद्धि देखेको छ । नतिजास्वरूप, दराजले २०१९ मा धेरै सफल अभियानहरू आयोजना ग-यो । २०१९ मा भएको दराज ११.११ को दोस्रो संस्करण ले नै एक्लै ३.५ लाखभन्दा बढी प्रयोगकर्ताहरू दर्ता ग-यो, जुन २०१८ को ११.११ को तुलनामा दुई गुणा बढी हो ।
२०१९ मा धेरै नयाँ अपग्रेडहरू पेस गरिएको थियो । डेबिट र क्रेडिट कार्डद्वारा भुक्तानी, सुदृढ रिभ्यु र रेटिंग प्रणालीका साथ वास्तविक समयमा बिक्रेतासँग प्रत्यक्ष कुराकानी गर्न मिल्ने इन्स्टन्ट मेसजिंग सुविधा, गेमहरूलगायत अरु धेरै छन् । दराजले आफ्नो पूर्वाधार र स्रोतहरूमा भारी लगानी गर्दै दराज एक्स्प्रेस (डेक्स) नामक आफ्नो लजिस्टिक्स इकाइ पनि स्थापना गर्यो, साथै ३ सयभन्दा बढी कर्मचारीहरू पनि थप्यो । २०१९ मा सामसङ, क्यासियो, एडिडास, टाइटन, सियाउमी, सोनम गियर्स, टिभिएस, आदि जस्ता विभिन्न ब्रान्डहरु पनि दराजसँगै सामेल भए ।
दराज एपले दैनिक एक लाखभन्दा बढी प्रयोगकर्ताहरू होस्ट गर्दछ र हरेक महिना १.६ लाख प्याकेजहरू सम्पूर्ण नेपालभर वितरण गर्दछ । नेपालमा मात्र दराजले तीन हजारभन्दा बढी बिक्रेताहरुका साथ लाखौं उत्पादनहरू हजारौँ ग्राहकहरूसम्म पु-याउँदै आएको छ । कम्पनीले २०२० मा अझै धेरै दराज प्रयोगकर्ता र बिक्रेताहरू संलग्न गर्ने उद्देश्य राखेको छ । यसका लागि कम्पनीले लजिस्टिक इकोसिस्टमलाई सुधार्ने तथा देशभरी नेटवर्क बढाई देशभरिका बिक्रेताहरुले दराजमा व्यापार गर्ने मौका दिने, र डिलिभरी लोकेसनहरु थप्ने छ । दराजले २०२० मा आफ्ना ग्राहकहरूको लागि डिजिटल वालेट र अधिक मनोरञ्जन सुविधाहरू प्रस्तुत गर्ने कार्यमा रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया