निर्माण व्यवसायी र निर्माण उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति : गृहमन्त्री थापा
काठमाण्डौँ,माघ ८
नेपाल निर्माण व्यवसायी महासंघले बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीहरुले काम गर्ने वातावरण नभएको भन्दै गृहमन्त्री रामबहादुर थापाको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघका महासचिव रोशन दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले मंगलवार गृहमन्त्री थापा समक्ष दिनहुँजसो व्यवसायीका उपकरण जलाइएकोमा कडा आपत्ति जनाउँदै भरपर्दो सुरक्षाको माग गरेको हो । जवाफमा गृहमन्त्री थापाले निर्माण व्यवसायी र उनीहरुका उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिइने आश्वासन दिएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईले जानकारी दिए । मन्त्री थापाले अज्ञात समुहका आपराधिक गतिविधि धरै नियन्त्रणमा आइसकेको भन्दै त्यस्ता गतिविधिलाई अब पूर्ण नियन्त्रण गरिने बर्ता । साथै उनले जलाइएका उपकरणको क्षतिपूर्ति दिन सरकारले नीति नै ल्याउन लागेको जानकारी दिएको प्रवक्ता चौलागाईले उल्लेख गरे । महासंघ प्रतिनिधिमण्डलले मंगलवार नै विकास समितिका सभापति कल्याणी खड्कालाई समेत निर्माण व्यवसायी र उनीहरुका उपकरण माथिको सुरक्षा चिन्ताबारे अवगत गराएको छ । जवाफमा खड्काले विकास समितिको बैठकमा यस विषयमा छलफल गरिने जानकारी दिए ।
महासंघ प्रतिनिमिण्डलमा महासंघका मानार्थ सदस्य समेत रहेका सांसद जीप छिरिङ लामा शेर्पा, महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकार रमेश शर्मा, महासंघ कार्य समिति सदस्य मंगल शाही, निर्माण व्यवसायीहरु कमल गौतम, सहदेव खड्का, कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायत रहेका थिए । अज्ञात समूहले आइतबार मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाअन्तर्गत आइतबारेमा तीन एक्स्काभेटरमा आगजनी गर्दा ३ करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको महासंघले जनाएको छ । महासंघका अनुसार किसानचोक–रमिते–आइतबारे–टाँडी सडक खण्ड निर्माणमा प्रयोग भइरहेको शर्मा–भिमेश्वर जेभी कम्पनीको एक्साभेटरमा आगजनी गरिएको थियो । त्यस्तै झापा जिल्लाको सेतुमारीमा पनि आइतबार अज्ञात समूहले शर्मा एण्ड कम्पनीको स्वामित्वमा रहेको एउटा एस्काभेटर र ब्याक्हो लोडरमा आगजनी गरेको महासंघले जनाएको छ । त्यस्तै केही समयअघि बेनी नगरपालिका बगुवखोलानजिक निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण घर्ती क्षेत्रीको स्वामित्वमा रहेका तीनवटा स्काभेटरमा आगजनी गरिएको थियो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको मध्यपहाडी लोकमार्ग अन्र्तगत भोजपुर दिक्तेल सडकखण्ड निर्माण कार्य गरिरहेको गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सन प्रालिको स्वामित्वमा रहेको चारवटा एक्साभेटरमा पनि केही समयअघि आगजनी हुँदा करिब ४ करोड रुपँैया बराबराको क्षति भएको महासंघले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया