Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभोद्वारा आकर्षक उपहारसहित सेल्स कार्निभल आयोजना

भिभोद्वारा आकर्षक उपहारसहित सेल्स कार्निभल आयोजना


काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो पाँच वर्ष पूरा गरेको छ । विगत पाँच वर्षको अवधिमा भिभो नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको छ । यस्तै पाँचौँ वार्षिकोत्सवको उपलक्ष्यमा भिभोले आकर्षक उपहारहरु र विशेष मूल्य कटौतीसहित आफ्नो वार्षिक सेल्स कार्निभल सुरु गरेको छ ।

भिभो सेल्स कार्निभलअन्तर्गत ग्राहकहरूले भिभो स्मार्टफोन खरिद गरेर बम्पर लक्की ड्रमा दुई जनाले ४३ इन्चको भिडियोकन स्मार्ट टिभी, हरेक हप्ता एक जनाले भिभो वाई१५सी, हरेक हप्ता दुई जनाले जेबेल्जको स्मार्टवाच, हरेक दिन दुई जनाले नोइज इयरबड र ३० हजार रुपैयाँभन्दा माथिको कुनै पनि फोन खरिदमा थप छ महिनाको वारेन्टीसहित आकर्षक पुरस्कारहरू जित्ने मौका पाउनेछन् । यसका लागि लक्की ड्रमा सहभागी हुन ग्राहकहरुले भिभोको सामाजिक सञ्जालमा भएको क्यूआर कोर्ड स्क्यान गरेर आवश्यक विवरण पेश गरेपछि तत्कालै आफूलाई परेको पुरस्कार थाहा पाउन सक्नेछन् । पुरस्कार जित्नका साथै, ग्राहकहरूले कार्निभल अवधिभरि केही उत्कृष्ट स्मार्टफोनहरू अझ सुपथ मूल्यमा किन्न सक्छन्, जसअन्तर्गत सेल्स कार्निभल अवधिका लागि वाई२१ (४+६४जीबी)को मूल्यमा एक हजार रुपैयाँले घटाइएको छ । त्यस्तै वाई१५एस र वाई१५सीको मूल्य एक हजार पाँच सय रुपैयाँ घटाइएको छ । यससँगै कार्निभल अवधिका लागि वाई२१, वाई१५एस र वाई१५सीको नयाँ मूल्य क्रमशः २१ हजार नौ सय ९९ रुपैयाँ, १८ हजार चार सय ९९ रुपैयाँ र १६ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।

भिभोले हालै स्टाइलिस र परिष्कृत भी२५ सिरिज, लोकप्रिय वाई१६ र वाई२२एस, साथै वाई३५ सहित धेरै उल्लेखनीय र शक्तिशाली उपकरणहरू लन्च गरेको छ, जसले यस क्षेत्रमा उत्कृष्ट सफलता हासिल गरेको छ । साथै, भिभोले प्रत्येक महिनाको २७ देखि २९ तारिखसम्म ‘भिभो सर्भिस डे’ सञ्चालन गर्दछ, जहाँ ग्राहकहरूलाई सर्भिसिङ र क्लिनिङ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड, १–घण्टा फ्ल्यास मर्मत, शून्य श्रम लागतमा मर्मत, प्रोटेक्टिभ फिल्मजस्ता सेवाहरू निःशुल्क उपलब्ध हुन्छ । यो योजना मंसिर १५ गतेदखि पुस १६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया