‘मेरो लगानी एआईचार्ट’ सफ्टवेयर सार्वजनिक
काठमाडौं । एस्ट्रिक टेक्नोलोजीले प्राविधिक विश्लेषणको क्षेत्रमा एक नवीनतम सफ्टवेयर ‘मेरो लगानी एआईचार्ट’ सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसरमा एस्ट्रिक टेक्नोलाजीले, निष्पक्ष रुपमा प्राविधिक विश्लेषण गर्ने एआई चार्ट बजारमा ल्याएको हो ।
विगत १० वर्षदेखि नेपाली पुँजीबजारलाई मुख्य धार बनाई समग्र अर्थतन्त्रसम्बन्धी समाचार सम्प्रेषण गर्दै आएको मेरोलगानी डटकम सञ्चालन गर्ने एस्ट्रिक टेक्नोलोजीले हरेक वर्गका लगानीकर्ताहरुका लागि यो नयाँ प्रडक्ट अनावरण गरेको जनाएको छ । कम्पनीले सार्वजनिक गरेको यो नवीनतम सफ्टवेयरमा नेप्सेका हरेक सूचक, हरेक सेक्टर, हरेक स्टकहरुको निष्पक्ष प्राविधिक विश्लेषण हेर्न सकिनेछ । प्राविधिक विश्लेषणका हरेक पाटाहरुलाई नियाल्दै ‘स्मार्ट मनि कन्सेप्ट र प्राइस एक्सन ट्रेडिङ्ग’ लाई प्रयोग गरेर ‘इन्स्टिच्युसनल अर्डर फ्लो’हरुलाई ट्रयाक गरी निष्पक्ष विश्लेषण यस सफ्टवेयरमा देख्न सकिने कम्पनीले जनाएको छ । यो एकदमै एडभान्स लेभलको सफ्टवेयर हो । कुनै पनि बजारमा शतप्रतिशत मिल्ने गरी प्रक्षेपण गर्न सकिँदैन । यस सफ्टवेयरले हरेक लगानीकर्ताहरुलाई व्यावहारिक रुपमा ७० देखि ८० प्रतिशतसम्मको एक्युरेसी दिने कम्पनीको भनाइ छ ।
जथाभावी विश्लेषण गरेर प्राविधिक विश्लेषण र विश्लेषक दुवै बदनाम भइरहेको अवस्थामा यस सफ्टवेयरले प्राविधिक विश्लेषणमाथि आम लगानीकर्ताको अवधारणा नै परिवर्तन गर्ने कम्पनीको विश्वास छ । यस सफ्टवेयरको सहयोगले हरेक लगानीकर्ताहरुले बजार अब कता जान्छ ? जोखिम कति छ ? प्रतिफल कति छ ? कहिले खरिद गर्ने ? कहिले बिक्री गर्ने ? लगायतका विश्लेषण आफैँले गर्न सक्ने कम्पनीले जनाएको छ । यस एआईचार्ट जो कोही लगानीकर्ताले पनि बुझ्न सकिने गरी निर्माण गरिएको छ । भर्खरै सेयरबजारमा प्रवेश गरेका लगानीकर्ताहरुका लागि सजिलो हुने गरी यसमा सेल जोन र बाई जोन राखिएको छ जसका आधारमा जो कोहीले पनि लगानीको निर्णय गर्नसक्ने कम्पनीले दाबी गरेको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया