काठमाडौं । एनसेलका प्रिपेड ग्राहकहरुले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर करबाहेक प्रतिमिनेट १ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।
प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट कल गर्दा अर्थात् पेएजयूगोको नयाँ महशुल दर आइतबारदेखि लागू भएको हो । यसअघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा करबाहेक १ रुपैयाँ ९९ पैसा शुल्क रहेको थियो । यो नयाँ शुल्क लागू भएसँगै एनसेलका ग्राहकले अब नेपालभर जुनसुकै नेटवर्कमा एकै दर करसहित प्रतिमिनेट मात्र २ रुपैयाँ ५ पैसामा कल गर्न सक्छन् । यसअघि यो शुल्क करसहित दुई रुपैयाँ ५२ पैसा रहेको थियो । ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग विना कुनै प्याकेज अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदै नयाँ दर कायम गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले बताएको छ । आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा सुलभ दरमा प्रदान गर्दै उत्कृष्ट सेवा अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको एनसेलले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया