स्टार्टअप टिसा नेपालको बुटिक स्टुडियो सञ्चालनमा
काठमाडौं । दुई नेपाली युवाहरुले स्थापना गरेको स्टार्टअप टिसा नेपालले छाउनीमा बुटिक शोरुम सञ्चालन गर्दै आफ्नो औपचारिक कारोबार सुरु गरेको घोषणा गरेको छ । इन्स्टाग्राममार्फत गरगहनाहरुको बिक्री गर्ने स्टार्टअप टिसा नेपालले आफ्नो बुटिक शोरुम स्थापना गर्दै औपचारिक कारोबार सुरु गरेको हो ।
नेवारी भाषाको शब्द टिसा अर्थात् गहनालाई प्रयोग गरेर विगत एक वर्षदेखि अनलाइनमार्फत गरगहना बिक्री गर्दै आएको टिसा नेपालले हरेक नेपालीसम्म आफ्ना उत्पादन पु-याउने लक्ष्य लिएको छ । सहसंस्थापकहरु अनिश मानन्धर र वर्षा मानन्धरले नेपाली ग्राहकहरुलाई सस्तो मूल्यमा आधुनिक र गुणस्तरीय गहनाहरु उपलब्ध गराउने उदेश्यले संयुक्तरुपमा टिसा नेपाल स्थापना गरिएको जानकारी दिए ।
‘हामीले लकडाउनको समयमा यो व्यवसाय सुरु गरेका थियौँ । त्यसबेला अनलाइन कारोबार मात्रै हुने गर्दथ्यो’, सहसंस्थापक वर्षा मानन्धरले भनिन्, ‘अब स्थानीयहरुलाई बुटिक शोरुमबाट समेत सेवा दिनेछौँ ।’ टिसा नेपालले काठमाडौंभित्र अर्डर आएको एक दिनमा नै आफ्ना उत्पादनहरु ग्राहकहरुसमक्ष पु-याउने गरेको छ भने उपत्यकाभन्दा बाहिर अवस्था र समय हेरेर ग्राहकहरुको माग पूरा गर्दै आएको छ ।
‘हामीले सुरुमा सानो स्केलमा सेवा दिइरहेका थियौँ । तर ग्राहकहरुले हाम्रो गहनाहरु मन पराउनुभएको छ’, सहसंस्थापक अनिश मानन्धरले भने, ‘हामीले अमेरिका, अष्ट्रेलियालगायतका देशहरुमा समेत नेपाली ग्राहकहरुलाई उत्पादन पठाइरहेका छौँ ।’ टिसा नेपालले हाल ग्राहकहरुको माग र रुचिको आधारमा आधुनिक गरगहनाहरु तयार गर्ने र बिक्री गर्दै आएको छ भने आफ्नै डिजाइनहरुमा समेत गहना तयार गरिरहेको छ । ग्राहकहरुलाई आधुनिक गहनाहरुको भेराइटी दिनका लागि कम्पनीले न्यूनतम ४५० रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका गहनाहरु उपलब्ध गराउँदै आएको जनाएको छ ।
महंगा सुनका गहना किन्न नसक्ने तर आधुनिक गहना मनपराउने युवा जमातलाई ध्यानमा राखेर टिसा नेपालले आफ्नो व्यवसाय सञ्चालन गरिरहेको जनाएको छ । सामाजिक सञ्जाल इन्स्टाग्रामबाट मात्र बिक्री गर्दै आएको टिसा नेपालले भविष्यमा आफ्नै अनलाइन प्लेटफर्म समेत विस्तार गर्ने योजना लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
- विश्व बजारमा गहुँ र मकैको मूल्य बढ्यो
- सेयर बजारको उकालो यात्रा कायम नैं
- नेपाल घरेलु तथा साना उद्योग महासंघ ३४ औँ वर्षमा
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया