रमेश कर्पोरेसनका कार्यकारी निर्देशक अग्रवाल सीईओ इनसाइट एसियाद्वारा सम्मानित
काठमाडौं । युवा व्यवसायी, उद्यमी तथा रमेश कर्पोरेसनका कार्यकारी निर्देशक सञ्जय अग्रवाल हालै सीईओ इनसाइट एसियाद्वारा ‘दक्षिण एसियाका उत्कृष्ट १० बिजनेस लिडर्स–२०२२’ का रुपमा सम्मानित भएका छन् ।
यो अवार्डले दक्षिण एसियाली राष्ट्रहरुमा कर्पोरेट क्षेत्रलाई भविष्यमा बहुआयामिक दिशातर्फ डो-याउने उत्कृष्ट व्यवसायी र विचारशील लिडर्सहरूलाई सम्मान गर्दै आइरहेको छ । अग्रवालले कलर्स, स्पाइस, एचटीसी, ब्ल्याकबेरी, जिओनी र शाओमीलगायत नेपालमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरूको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनी विभिन्न मोबाइल ब्रान्डहरू सफलतापूर्वक सुरू गर्दै यसको सम्पूर्ण मोबाइल क्षेत्रको विकासका लागि राष्ट्रियस्तरका नीतिहरू बनाउने मोबाइल फोन आयातकर्ता संघ नीति निर्धारण गर्ने निकायको उपाध्यक्ष पनि नियुक्त छन् ।
यो अवार्डले अग्रवालको विशिष्ट नेतृत्वदायी भूमिका र नेपालका विभिन्न उद्योगहरू, विशेषगरी मोबाइल, कन्ज्युमर ड्युरेबल र प्रविधिमा उल्लेखनीय योगदानको सम्मान गरेको छ । उनले राष्ट्रियस्तरमा यी उद्योगहरूको सुधारका लागि नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् र उनको योगदानले समाजमा उल्लेखनीय प्रभाव पारेको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया