Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुवावे वाई–७ पी नेपालमा

हुवावे वाई–७ पी नेपालमा


काठमाडौं, चैत ३
हुवावे कन्ज्युमर बिजनेस ग्रुपले हुवावे वाई सिरिजअन्तर्गतको स्टाइलिस नयाँ मोबाइलफोन ह्वावे वाई–७ पी नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ थप विशेषताहरू र जीवनका रमाइला तथा अविस्मरणीय पलहरू कैद गर्नका लागि ४८ एमपीको मेन क्यामरासहितको ट्रिपल क्यामरा सिस्टम रहेको छ । कम्पनीका अनुसार यो स्मार्टफोन कालो (क्लासिक मिडनाइट ब्ल्याक) र नीलो (युनिक ओरोरा ब्लु) रंगहरूमा उपलब्ध छ ।

४ जीबी -याम तथा ६४ जीबी स्टोरेज भएको यस ह्वावे वाई–७ पीको मूल्य नेपाली बजारमा २३ हजार नौ सय ९० रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार ह्वावे वाई–७ पीमा रियर ट्रिपल क्यामरा सेट अप रहेको छ । यसमा एफ/१.८ वाइड एपर्चर लेन्ससहितको ४८ एमपीको मेन क्यामरा रहेको छ जसमार्फत हाई रेजलुसनको तस्वीरहरू लिन मिल्दछ ।

यसमा रहेको ८ एमपीको अल्ट्रा वाइड क्यामराले ल्यान्डस्केप सटहरू, समूहमा खिचिने फोटोहरू तथा वाइड एंगल भिडिओ खिच्नका लागि १२० डिग्री फिल्ड अफ भ्यूलाई सपोर्ट गर्दछ साथै यसमा कुनै पनि आकर्षक पोट्रेटहरू खिच्नका लागि चाहिने डेप्थ अफ फिल्ड इफेक्ट सपोर्ट गर्ने २ एमपीको डेप्थ असिस्ट क्यामरा रहेको छ ।

ह्वावे वाई–७ पीमा एआई सिन रेकग्निशन क्यामराहरू रहेको छ जसले रियर क्यामराहरूलाई पाँच सयभन्दा बढी सिनहरू चिन्दछ र रियल टाइम कस्टम म्यानेजमेन्ट इन्ह्यान्समेन्ट गर्दछ । यसका साथै यसमा भएको पन्च फूल भ्यू डिस्प्ले हुवावेको क्यामरा एआई एल्गरिदमहरू सपोर्ट गर्ने शक्तिशाली ८ एमपी फ्रन्ट क्यामरा हो । कम्पनीका अनुसार शोस्टपरका रुपमा डिजाइन गरिएको हुवावे वाई–७ पी मा आकर्षक पन्च फूल भ्यू डिस्प्ले जडित रहेको छ ।

६.३९ इन्च अग्लो र थोरै बेजल भएको यस मोबाइलफोनले १५६०ह७२० एचडी प्लस रेजलुसन सपोर्ट गर्दछ । मोबाइलफोनको बाँया पट्टिको माथि रहेको कुनामा ४.५ एमएम चौडाईको ब्लाइन्ड होल (प्वाल) छ जुन मोबाइलफोन इन्डष्ड्रीमा हुने मध्येकै सबैभन्दा सानो हो । किरिन ७१० एफमा आधारित रहेको प्रयोग गर्न सजिलो इन्टेलिजेज्ट ईएमयूआई ९.१ ह्वावे वाई–७ पी को उत्कृष्ट कार्यप्रदर्शन र मनोरञ्जनसम्बन्धी एपहरू चलाउँदा प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्दछ ।

४ हजार एमएएच क्षमताको ब्याट्री तथा हुवावेको एआई पावर सेभिङ प्रविधियुक्त हुवावे वाई–७ पीको ब्याट्री आयु लामो र टिकाउ हुने कम्पनीले जनाएको छ । हुवावे वाई–७ पीको कोरमा ह्वावे मोबाइल सर्भिसेस– एचएमएस जडित छ जसमार्फत् प्रयोगकर्ताहरूले आफ्नो मोबाइलफोनमा एपहरू सजिलै डाउनलोड गर्न सक्ने प्लेटफार्म ह्वावे एप ग्यालरीसहित आवश्यक कैयौँ स्मार्टफोन विशेषताहरू रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x