Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकिङ्स लाउन्जद्वारा कोरोना नियन्त्रणमा उच्च सतर्कता

किङ्स लाउन्जद्वारा कोरोना नियन्त्रणमा उच्च सतर्कता


पोखरा, चैत ३
किङ्स लाउन्ज पोखराले कोरोना भाईरस नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ । लाउन्जले आफ्ना ग्राहकहरुको स्वास्थ्यको ख्याल राख्दै प्रवेशद्वारमा ग्राहकहरुको तापक्रम नाप्न थर्मल स्क्यानरको व्यवस्था गरेको छ । लाउन्जले आफ्ना ग्राहकहरुमा कोरोना संक्रमण नहोस् भनेर थर्मल स्क्यानरका साथै लिक्विड स्यानीटाइजर एजेन्ट स्प्रे पनि प्रयोगमा ल्याएको किङ्स लाउन्ज पोखराका अध्यक्ष वसन्त गौचन थकालीले जानकारी दिए । उनले लाउन्जमा आउने ग्राहकको थर्मल स्क्यानीङ गरेर कीटाणु नाशक स्यानीटाइजर स्प्रे लगाएर मात्र लाउन्जमा प्रवेश गराइने बताए ।

लाउन्जमा आगामी शनिबार साँझ ब्रिजेश, विजेन र वियोन ब्यान्डको लाइभ कन्सर्टको कार्यक्रम समेत राखेको छ । आगामी चैत ३० गते द एक्स ब्याण्डको लाइफ कन्र्सट आयोजना गर्ने लाउन्जले जनाएको छ । शिवरात्रिको अवसरमा लाउन्जमा नेपालका सांगीतिक क्षेत्रका हस्तीहरु ईश्वर गुरुङ्ग (नमस्ते ब्याड), संगीतकार तथा गितकार दीप श्रेष्ठ, सुवर्ण लिम्बू, गायक गंगा वरदान, यम बराल, अमर गुरुङ्ग, १९७४ एडीका निराकर, एडिन प्रधान, मनोज के.सी.का साथै अमेरिकन पिस पिट ब्यान्ड (जापान)को बृहत् जमघट समेत आयोजना गरेको थियो ।

पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याइएको किङ्स लाउञ्ज पोखराले सुपथ मूल्यमा ग्राहकहरुलाई स्वादिष्ट परिकारहरु प्रदान गर्दै आएको छ । बर्थडे, एनिभर्सरी, फेयरवेललगायतका गेट टुगेदर गर्न आउनेलाई निःशुल्क केक उपलब्ध गराउँदै आएको लाउन्जले हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागि महिलाहरुलाई निशुल्क ककटेल उपलब्ध गराउने गरेको छ । लाउञ्जमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाइजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीलाई सन्तुष्ट बनाउँदै आएको सञ्चालकको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x