मुरारका ग्रुप र सोमानी सेरामिक्सको लगानीमा टायल उत्पादन केन्द्र स्थापना गरिने
काठमाडौं । नेपालको व्यावसायिक समूह मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना हुने भएको छ । मुरारका ग्रुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा करिब ३.० मिलियन स्क्वायर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो ।
काठमाडौंको म्यारियट होटलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त सहकार्यको बारेमा जानकारी दिइएको हो । मुरारका ग्रुपका म्यानेजिङ डिरेक्टर पशुपति मुरारका यस सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपूर्ति गर्ने बताए । साथसाथै नेपाली बजारमै रोजगारीको सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुग्ने उल्लेख गरे । यस्तै मुरारका ग्रुप आफ्ना ग्राहकहरूलाई सदैव गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
सोमानी सेरामिक्सका प्रबन्धनिर्देशक एवम् सीईओ अभिषेक सोमानीले सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरको टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको बताए । यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउने उनको विश्वास थियो । कार्यक्रममा उनले नेपालको प्रतिष्ठित व्यावसायिक घराना मुरारका ग्रुपसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया