Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीको नयाँ सर्भिस सेन्टर पोखरामा

शाओमीको नयाँ सर्भिस सेन्टर पोखरामा


पोखरा, चैत ५
शाओमी ग्लोबल टेक्नोलोजी लिडरले मंगलबार नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । पोखराको महेन्द्रपुलमा अवस्थीत कम्पनीको गण्डकी प्रदेशको पहिलो सर्भिस सेन्टर र नेपालभरमा कम्पनीको पाँचौं सर्भिस सेन्टर हो जुन शाओमीले आठ महिनाको अवधिमा सञ्चालनमा ल्याएको छ । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नारायणघाट, नेपालगञ्ज र इटहरीमा अवस्थीत छन् ।

ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको जनाएको छ । नेपालमा आफ्टर सेल्स सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको जनाएको छ । प्रत्येक सर्भिस सेन्टर ४०० वर्ग फिटमा फैलिएको छ जहाँ टेक्निसियन र प्रोफेसनलहरुको समर्पित टोलीले प्रयोगकर्ताहरुलाई छिटो समस्या समाधान गर्न सहयोग पु-याउँछन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले शाखा विस्तार गर्दै शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले कम्पनीले आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न कोशिस जारी राखेको बताए । यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको छ ।

उपत्यकाभित्र वितरण र संकलनका लागि समर्पित टोली, लगातार क्वालिटी जाँच र देशभरका सबै प्रमुख बजारहरुमा समर्पित सर्भिस वेयरहाउस र कलेक्सन पोइन्टको पर्याप्त पहुँचयोग्यताले नेपालमा मी फ्यानहरुप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x