Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा ओप्पोे एफ१५ सार्वजनिक

नेपालमा ओप्पोे एफ१५ सार्वजनिक


काठमाडौं, चैत ५
ओप्पोेले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओप्पोे एफ१५ सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा पहिलोपटक आयोजित ओप्पोेको अनलाइन लञ्च इभेन्टमार्फत फोन सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ४८ एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइनसहितको ओप्पोे एफ१५ले ह्याण्डसेटमार्फत नै प्रयोगकर्तालाई व्यावसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गर्छ ।

एफ सिरिजको डिजाइन नै युवापुस्तालाई सुदृढ दृश्यानुभूति, गुणस्तर, ट्रेण्डिनेस र जीवनमा सहजताको अनुभव प्रदान गर्न गरिएको कम्पनीले जनाएको छ । ओप्पोे एफ१५को आगमनले बजारको आवश्यकता दृष्टिगत गर्दै ट्रेण्डि डिजाइनमै अत्याधुनिक प्राविधिक विकास पस्कने एफ सिरिजको परम्परालाई निरन्तरता दिँदै नयाँ युगको सुरुवात भएको कम्पनीको दाबी छ ।

स्लिक प्याकेजमा उपलब्ध ओप्पोे एफ१५मा कम्पनीले ४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम उपलब्ध गरेको छ । फोनको मूल्य श्रेणीमा उपलब्ध उत्पादनहरुमध्ये नै यसको क्यामेरा उच्च क्षमताको हुनुका साथै अल्ट्रा प्रोफेसनल शट्स दिने क्षमता राख्ने कम्पनीले दाबी गरेको छ । यसमा रहेको फोर इन वान पिक्सेल कम्बिनेसन प्रविधिको प्रयोगले यसको ४८एमपी रियर क्यामेरा सेन्सरको डिजाइनमार्फत विस्तृत तथा गुणस्तरिय तस्बिर लिन सघाएको छ । यसमा रहेको वाइड एंगल मोडमार्फत प्रयोगर्ताले करिव ३ सेन्टिमिटरसम्म माक्रोको प्रयोगगर्दै सहजै अटोफोकस गर्न सक्छन् ।

फोनका फ्रन्ट तथा पछिल्ला दुबै पट्टिका क्यामेरामा उपलब्ध एआई भिडियो ब्युटिफिकेसन फिचरमा उपलब्ध गरिएको नयाँ अल्गोरिथमले हरेक अनुहारका लागि सुहाउँदो प्राकृतिक ब्युटिफिकेसन एड्जस्टमेन्टका लागि कस्टमाइज्ड एनालाइसिस पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । आन्तरिक गायरोस्कोपका साथै इलेक्ट्रोनिक इमेज स्टेबलाइजेसन (ईआईएस) सुसज्जित ओप्पोे एफ१५मा ओप्पोेको अग्रणी एण्टि–शेक भिडियो पनि उपलब्ध गरिएको छ । शेकी (हल्लिरहेको) अवस्थामा समेत ओप्पोे एफ१५ले स्पष्ट, शार्प र सटिक (कम्पनरहित) भिडियो खिच्न सघाउँछ ।

फोनमा कम्पनीले कम प्रकाश भएका स्थानमा समेत आकर्षक पोट्रेट फोटोग्राफीको मज्जा दिने सोचका साथ नाइट पोट्रेट मोड पनि उपलब्ध गराएको छ । कम्पनीले उपलब्ध गराएका पछिल्ला संस्करणका तुलनामा ओप्पोे एफ१५ रहेको नाइट पोट्रेट मोडले अँध्यारा सडक, रेस्टुराँ, पार्क लगायत विशेष स्थानमा अझ सटिक पोट्रेट खिच्न सघाउँछ । त्यसैगरी, यसमा रहेको पोट्रेट एचडीआरले प्रत्यक्ष सूर्यको प्रकाश रहेका स्थानमा पहिलेका तुलनामा अझ सटिक र गुणस्तरीय पोट्रेट लिन सघाउँछ । फरक फरक एक्स्पोजर सहितका तस्बिर लिएर यसलाई इन्टेलिजेन्ट प्रविधिमार्फत एउटैमा मिलाएर एउटा विशिष्ट फोटो प्रस्तुत गर्छ । त्यसैगरी यसमा आवश्यकताअनुसार मिलान गर्न सकिने एड्जस्टेबल पोट्रेट बोकेह इफेक्ट पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ओप्पोे एफ१५ मा हल्कापन रहेको बताइएको छ । कम्पनीका अनुसार ७.९ एमएमको पातलो आकार र १ सय ७२ ग्राम वजन भएको यसमा दिइएको डिजाइनका कारण यसको स्क्रिन रेसियो २०ः९ रहेको छ । यो पछिल्लो एफ११का तुलनामा ५ प्रतिशत थप पातलो र ९ प्रतिशत हल्का हो ।

ओप्पोे एफ१५मा रहेको फिंगरप्रिन्ट अनलक ३.०ले उपकरणलाई मात्र ०.३२ सेकेण्डको अवधिमा अनलक गर्छ । यो पछिल्लो पुस्ताका प्रविधिका तुलनामा ४५ प्रतिशतले तिब्र हो । यसका लागि नयाँ प्रविधिको हार्डवेयर र सफ्टवेयर दुवै पक्षमा विशेष सुधार गरिएको छ । यसका कारण तिब्र गतिमा अनलकिङ हुनुका साथै, हार्डवेयरमा आधारित एन्टी फोर्जिङ प्रविधिमार्फत थप सुरक्षा प्राप्त हुने कम्पनीले जनाएको छ ।

८ जीबी -याम र १२८जीबी रोम सुसज्जित ओप्पोे एफ१५ले स्मूथ अनुभवका साथै पर्याप्त स्टोरेज उपलब्ध गराउने कम्पनीको भनाई छ । भोक फ्ल्याश चार्ज ३.० सहितको ओप्पोे एफ१५ले मात्र ५ मिनेटको समयमा १० प्रतिशत र ३० मिनेटमा ५० प्रतिशत चार्ज दिने क्षमता राख्छ । पछिल्लो भोक २.०का तुलनामा यो २६ प्रतिशतले तिब्र छ ।

कम्पनीका अनुसार ९० दशमलब ७ प्रतिशत स्क्रिन टू बडी रेसियो तथो एफएचडी+ एमोलेड २४००×१०८० रेजोल्यूशन सहितको ओप्पोे एफ१५ले अल्ट्रा क्र्रिस्प गेमिङ तथा मनोरञ्जन अनुभव प्रदान गर्छ । कम्पनीका अनुसार ओप्पोे एफ१५ को मुल्य ३९ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । ओप्पोे एफ१५ चैत १० गतेदेखि नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ फोन युनिकर्ण ह्वाइट र लाइटनिङ ब्ल्याक गरी दुई आकर्षक रंग उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x