यूएचएस होल्डिङले नेपालमा ल्यायो हेफेल
काठमाडौं । इन्टेरियरसम्बन्धी सेवामा अग्रणी कम्पनी यूएचएस होल्डिङ हेफेल डिजाइन स्टुडियोको शुभारम्भ गरेको छ । गैह्रीधारास्थित हाफेल शोरुममा बिहीबार आयोजित एक समारोहबीच हेफेल दक्षिण एसियाका प्रबन्धनिर्देशक फ्रान्क सोडर र यूएचएस होल्डिङका अध्यक्ष पुरुषोत्तम न्यौपानेले यसको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
हेफेलको नेपालस्थित फ्रेन्चाइजको रुपमा रहेको यस नयाँ डिजाइन स्टुडियोमा आर्टिटेक्चरल हार्डवेयर, ग्लास फिटिङ, फर्निटर फिटिङ, डिजिटल सेक्युरिटी लाइटिङ, किचेन फिटिङलगायत अन्य सम्बन्धित उत्पादनहरु ‘रियल टाइम’ ढंगमा उपलब्ध छन् । उक्त कार्यक्रममा हेफेल एवं यूएचएस होल्डिङका प्रतिनिधिहरुले समुन्नत प्रविधि र उत्कृष्ट कार्यकौशलसम्पन्नताका उत्पादनहरुले विश्वका प्रसिद्ध वास्तुकार एवं इन्टेरियर डिजाइनरहरुलाई अभिप्रेरित गरेको बताए ।
त्यसैगरी, उनीहरुले यस ब्राण्ड आफ्ना ग्राहकहरुप्रति पनि प्रतिबद्ध रहेको जानकारी दिए । नयाँ हेफेल डिजाइन स्टुडियोले ग्राहकहरुलाई नवीनतम उत्पादनहरु प्रदान गर्दै उनीहरुको जीवनशैलीलाई नयाँ उचाइमा पु-याउन मद्दत गर्नेछ । यूएचएस होल्डिङ उच्चस्तरीय बाथरुम, सिलिङ्ग र रेलिङ्ग फर्निचरलगायतका इन्टेरियरसम्बन्धी उत्पादनहरु प्रदान गरिरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया