Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोन पेको ‘पैसा लिने र तिर्ने, दुवई उड्ने’ योजना स्थगित

फोन पेको ‘पैसा लिने र तिर्ने, दुवई उड्ने’ योजना स्थगित


काठमाडौं, चैत ७
फोन पेको जारी ‘पैसा लिने र तिर्ने दुवई उड्ने’ योजना ११ हप्तासम्म सफल रूपमा सम्पन्न भएको छ । २ जनवरी २०२० देखि सुरू भएको यस उपहार योजनामा हालसम्म चार जनाले दुवई ट्रिप, २२ जनाले २५ हजार रूपैयाँबराबरको स्मार्टफोन, दैनिक उपहार योजनाअन्तर्गत ३ सय ८५ जना ग्राहकले शतप्रतिशत क्यासब्याक पाएका छन् भने ३ सय ८५ जना मर्चेन्टले आकर्षक उपहार प्राप्त गरेका छन् ।

विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड नगर्न गरेकोे निर्देशनअनुसार फोन पे उपहार योजना कमिटीले अर्को सूचना जारी नभएसम्मका लागी यस उपहार योजना तत्कालका लागी स्थगित गरेको छ । स्वास्थमा पर्ने जोखिमलाई मध्यनजर गर्दै दुवई भ्रमण ट्रिप जित्ने विजेतालाई समेत वर्तमान विकराल अवस्था नियन्त्रणमा आएपछि मात्र भ्रमण गराइनेछ । फोनपेले आफ्ना अन्य सेवा तथा सुविधा निरन्तर रूपमा पूर्ण क्षमताका साथ जारी राख्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x