Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले ल्यायो ‘नाइट कल र एसएमएस प्याक’

एनसेलले ल्यायो ‘नाइट कल र एसएमएस प्याक’


काठमाडौं, चैत ९
एनसेलका सबै प्रिपेड ग्राहकहरुले अब अझ सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले मात्र १० (करसहित १२.७७) रुपैयाँमा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ । यो प्याक सुचारु गर्ने ग्राकहले ४ सय ८० मिनेट टक टाइम र ४ सय ८० वटा एसएमएस पाउँछन् । गत बिहीबारबाट ९० दिनका लागि सञ्चालनमा आएको यो प्याकअन्तर्गत पाइने टक टाइम र एसएमएस एनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजेसम्मको समयमा प्रयोग गर्न सकिन्छ र यसको समयावधि २४ घण्टाको हुन्छ ।

ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ एस्ट्रिक्स २ ह्यास डायलगरी वा एस्ट्रिक्स १७११८ ह्यास डायल गरी तेस्रो विकल्प छानेर यो प्याक सुचारु गर्न सक्छन् । साथै अंग्रजीमा एनयु टाइप गरी १७११८ मा एसएमएस पठाएर पनि यो प्याक लिन सकिन्छ । आफ्नो आवश्यकताअनुसार ग्राहकले यो प्याक जतिपटक पनि खरिद गर्न सक्नेछन् । यस प्याकअन्तर्गत उपलब्ध हुने टक टाइम र एसएमएस खपत गरिसकेपछि विद्यमान दरमा यी सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घताअनुरुप भ्वाइस र एसएमएस बन्डलिङसहितको यो आकर्षक प्याक ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । एनसेलले गत पुस १६ देखि भ्वाइस प्याकको खरिदमा निःशुल्क नाइट एसएमएस पनि दिँदै आएको छ । यो योजनाअन्तर्गत ग्राहकले भ्वाइस प्याकको टकटाइम भोलुमबराबरको अन नेट नाइट एसएमएस पाउँदै आएका छन् । यो योजनाअन्तर्गत यदि ग्राहकले १२ मिनेट टक टाइम रहेको भ्वाइस प्याक सुचारु गरेको खण्डमा १२ वटा एसएमएस बोनस पाउँछन् ।

त्यसैगरी यदि ४ सय २५ मिनेट टक टाइम रहेको मासिक भ्वाइस प्याकको खरिदमा ४ सय २५ वटा एसएमएस बोनस एसएमएस पाउँछन् । यसको मतलब जति मिनेटको टक टाइम हो त्यति नै वटा बोनस एसएमएस ग्राहकले पाउँछन् । ग्राहकको आवश्यकताअनुसारको सेवा प्रदान गर्न एनसेलले १२ मिनेटदेखि ७ सय २० मिनेटसम्म टक टाइम रहेको विभिन्न ११ भ्वाइस प्याकहरु प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x