इसेवाको बम्पर उपहारमा तीन आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर पाइने
काठमाडौं । इसेवा मनि ट्रान्सफरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको छ । इसेवाले छ महिनाअघि ‘मेरो डिजिटल देश’ अभियान सुरुवात गरेको हो । यस अभियानमा इसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सक्नेछन् ।
कम्पनीले हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई प्रदान गर्ने घर सार्वजिनक गरेको हो । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोल, बोजेपोखरीमा तीन आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर कम्पनीले बम्पर उपहारस्वरुप प्रदान गर्नेछ । साथै कम्पनीले यो योजना दुई महिनाको लागि थप गरी २०८० जेठ ६ गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
सेवाग्राहीहरू यस अवधिमा इसेवा मनि ट्रान्स्फरमार्फत रकम पठाउँदा बम्परमा योजनामा स्वतः सहभागी हुनेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विदेशमा रहेका नेपालीहरुको उत्साहजनक सहभागिता एवं सेवाग्राहीहरुलाई बम्पर उपहार जित्ने अझ धेरै मौका प्रदान गर्नको लागि यो योजना दुई महिना थप गरिएको बताए ।
बम्पर उपहारको छनौट प्रक्रिया २०८० साल जेठ १२ गते गरिने कम्पनीको भनाइ छ । इसेवा मनि ट्रान्सफरले परम्परागतशैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया