Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअशोक लेल्यान्डको लाइट कमर्सियल भेहिकल ‘दोस्त’मा बेस्ट इन सेगमेन्ट ‘५ वर्षको वारेन्टी’

अशोक लेल्यान्डको लाइट कमर्सियल भेहिकल ‘दोस्त’मा बेस्ट इन सेगमेन्ट ‘५ वर्षको वारेन्टी’


काठमाडौं । आईएमई मोटर्सद्वारा प्रवर्द्धित अशोक लेल्यान्डले ग्राहकहरुलाई लक्षित गरी आफ्नो लोकप्रिय हलुका सवारीसाधन (लाइट कमर्सियल भेइकल) ‘दोस्त’मा अटोमोबाइल क्षेत्रकै सम्भवतः सबैभन्दा बढी पाँच वर्षको वारेन्टी घोषणा गरेको छ ।

यो सवारीसाधन उत्पादक कम्पनी आफैँले घोषणा गरेको वास्तविक वारेन्टी हो । यो कदम ग्राहकको सन्तुष्टि र ब्रान्डप्रतिको विश्वास बढाउनको लागि भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो नेपालको एलसीभी अर्थात् लाइट कमर्सियल भेहिकलको बजारमा सबैभन्दा प्रतिस्पर्धी वारेन्टी समेत हो । कम्पनीले प्रदान गर्ने घोषणा गरेको नयाँ वारेन्टी बेस्ट इन सेगमेन्ट हो, यसले दोस्तको पर्फमेन्स बढाउन सहयोग गर्ने सबै रेन्जका कम्पोनेन्टहरुलाई यसले कभर गर्नेछ ।

यो वारेन्टीअन्तर्गत इन्जिनका साथसाथै पावर स्टेयरिङ बक्स, पावर स्टेयरिङ पम्प, टर्बोचार्जर, फ्युल इन्जेक्सन पम्प र इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर/रेडिएटर कोर र कुलिङ फ्यान क्लचजस्ता प्रमुख उपकरण सबैमा कभर हुनेछ । यसका साथै गियरबक्स, रियर र फ्रन्ट एक्सलका साथै इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटरजस्ता इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिक कम्पोनेन्ट युनिट समेत कभर हुनेछ ।

आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले उत्पादक कम्पनीको पाँच वर्षे वारेन्टी एलसीभी सेगमेन्टमै पहिलो र यो सेगमेन्टकै सबैभन्दा राम्रो भएको बताए । धेरै कम्पनीहरुले तीनवर्षे वारेन्टी मात्र उपलब्ध गराइरहेको सन्दर्भमा अशोक लेल्यान्डको यो अर्को ठूलो कदम चालेको उनको दाबी छ । यसले ग्राहकलाई थोरै मूल्यमा आफ्नो सवारीसाधन सञ्चालन गर्न सहयोग पु-याउने उनको भनाइ छ ।

सबै प्रमुख कम्पोनेन्ट समेट्ने व्यापक वारेन्टी प्याकेज प्रदान गरेर कम्पनीले आफ्ना ग्राहकहरूलाई झन्झटमुक्त स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । नेपालभरका अशोक लेल्यान्डका सबै डिलरसिप र सर्भिस स्टेसनहरूमार्फत उक्त वारेन्टी उपलब्ध हुने बताईएको छ । कुनै कारणले सवारीसाधनको स्वामित्वमा परिवर्तन भएको अवस्थामा समेत कम्पनीलाई सूचित गरेपछि तोकिएको अवधिको लागि सो वारेन्टी हस्तान्तरण हुनेछ ।

साथै, कम्पनीले ग्राहकहरुलाई आफूले चाहेको कमर्सियल गाडीहरु खरिद गर्न सहयोग पु-याउनका लागि सहज फाइनान्स सुविधाको समेत घोषणा गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3


तपाईको प्रतिक्रिया