रमेश कर्पले संस्थापक दिवस मनायो
काठमाडौं । रमेश कर्पोरेसनले आफ्नो तेस्रो संस्थापक दिवस मनाएको छ । काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गरी कम्पनीले आफ्नो संस्थापन दिवस हो ।
कर्पोरेसनका संस्थापक रमेश गुप्ताको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा, रमेश कर्पका सदस्यहरुले अनाथालयमा खाना र स्टेसनरी जस्ता आवश्यक वस्तुहरू वितरण गरेका थिए । रमेश कर्पको यो कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति कम्पनीको प्रतिबद्धताले समाजमा सकारात्मक प्रभाव पार्ने आफ्नो मूल्यमान्यता र समर्पणलाई झल्काउँछ ।
कर्पोरेसनका सदस्यहरुले अनाथ आश्रममा भेला भई बालबालिकाहरुबीच चित्रकला प्रतियोगितालगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु सञ्चालन गरेका थिए । बालबालिकाको मुहारमा खुशी, मुस्कान ल्याउन र उनीहरुको जीवनमा प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यस उत्कृष्ट कार्यको लागि कृतज्ञताका साथ सदस्यहरुले बालबालिकालाई एक महिनाको खाना र अन्य अत्यावश्यक खाद्यान्न पनि प्रदान गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया