Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल टेलिकमका अनलिमिटेड सस्ता डाटा प्याक

नेपाल टेलिकमका अनलिमिटेड सस्ता डाटा प्याक


काठमाडौं, चैत १०
नेपाल टेलिकमलले अनलिमिटेड सस्ता डाटा प्याक उपलब्ध गराइरहेको जनाएको छ । टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिन्छ । वान आवर अनलिमिटेड प्याकमा एक घण्टासम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस पठाउन सकिन्छ । जम्मा २० रुपैयाँमा यो प्याक उपलब्ध हुनेछ । यसबाट एक घण्टासम्म जति पनि डाटा चलाउन वा कुराकानी गर्न पाइनेछ ।

यसका लागि सिधै स्टार१४१५स्टार८ह्याक्स डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्न सकिन्छ । त्यसैगरी यो प्याक लिनका लागि अंग्रेजीमा एफडिप्याक लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । ‘अनलिमिटेड नाइट डाटा प्याक’ अन्तर्गत १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइन्छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डाटा प्रयोग गर्न सकिन्छ ।

रातको समयमा डाटा चलाउनु पर्ने व्यक्तिहरुका लागि यो प्याक निकै उपयोगी छ । एक रातका निम्ति ‘अनलिमिटेड नाइट डाटा प्याक’ लिनका लागि स्टार१४१५स्टार३ह्याक्स मा र ७ रातका लागि लिन स्टार१४१५स्टार२ह्याक्स२ मा डायल गर्नुपर्छ । त्यसैगरी एक दिनको प्याकका लागि एनयूएनएल र ७ दिनका लागि भए यूएनएल७ टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ । नेपाल टेलिकमको वेबसाइटमा प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने डाटा प्याक छनौट गरेर पनि प्रयोगमा ल्याउन सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया